पूर्व सचिव भिम उपाध्यायले खजुराका वडा अध्यक्ष सुमन मल्लको प्रशंसा गर्दै लेखे…


नेपालगन्ज २६ भदौ :  भिम उपाध्याय नेपाल सरकारका पूूूर्व सचिव हुन । सरकारी सेवाबाट रिटायर्ड भएपछि उनी सामाजिक बिकृती र बिसंगती बिरुद्ध खरोरुपमा बोल्ने अभियानताका रुपमा परिचित छन् ।

हो, यिनै पूर्व सचिव उपाध्यायले बाँकेको खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको प्रशंसा गरेका छन् । मल्ल नेकपाका युवा वडा अध्यक्ष हुन । उनका बारेमा सामाजिक सन्जालमा लेख्दै पूर्व सचिव उपाध्यायले भने,–


बाँकेको खजुरा गाउँपालिका वडा १ का परोपकारी वडाध्यक्ष सुमन मल्ल ।
यिनले आफ्नै खर्चमा वडामा मन्दिर बनाएका छन् । आफ्नो तलब भत्ता गरिबको उपचारमा सहयोग दिने गर्छन् । एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई करिब ५ महिनाको तलब खानबस्नको लागि पनि सहयोग गरेका छन् । यिनले राज्यबाट कुनै पनि यातायात र अन्य सुबिधा लिएको पाईदैन । खजुरा गापामा सबैभन्दा बढी भोट पाएर विजयी भएका युवा वडाध्यक्ष पनि हुन् । मेरो शुभकामना र आशिर्वाद वडाध्यक्ष सुमन भाइलाई ।

प्रकाशित मितिः     7:13:59 PM  |