रेडपान्डाको छाला १ लाखमा किनेर ४० लाखमा बेच्ने योजना यसरी तुहियो, दश वर्षसम्म कैद हुने


नेपालगन्ज २८ भदौ :  बाँकेको बैजनाथस्थित एक रेष्टुरेन्टबाट बाँके प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई प्रकाउ गरेको छ ।

बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उक्त ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो ।

प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपि ओम बहादुर रानाले जानकारी दिए ।


हाल सम्मको अनुसन्धानका आधारमा इन्द्र बहादुर नेपालीले बरामद गरिएको रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट १ लाखमा खरिद गरेको र इन्द्र बहादुरले उक्त छाला कृष्ण वलिलाई दिएको, कृष्ण वलिले गणेश विकलाई दिएको र गणेश विक लगाएतले सुर्खेत छिन्चुबाट उक्त छाला ४० लाखमा विक्रि गरेर बाँकेमा ल्याएको प्रहरी प्रमुख एसपि रानाले आईतवार आयोजित सम्मेलन गरि जानकारी दिए ।

आज प्रकाउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

घटना बिबरण:-
***************
जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा केही मानिसहरुले दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को खरिद विक्री गर्ने लागेको भन्ने सुचनाको आधारमा आज मिति २०७७।०५।०२८ गते यस कर्यालय बाट खटिएको प्र.नि. समेतको विशेष टोलीले निज गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्ट तलासी लिदा उक्त रेष्टुरेन्टको कोठामा रेहका देव बहादुर बाठा, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण बली लाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको कोठाको खाट मुनी रहेको नग्रा, दात सहितको रेड पाण्डाको छाला थान-१ फेला पारी बरामद समेत गरि नियन्त्रणमा लिएको ।
घटनामा संलग्न पक्राउ ब्यक्ति:-
******************************
१. जिल्ला जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ को कृष्ण वली
२. ऐ.ऐ.वडा नं.९ वस्ने वर्ष २८ को ईन्द्र बहादुर नेपाली
३. ऐ.सुर्खेत भेरीगंगान.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जय बहादुर कामी
४. ऐ.ऐ.वस्ने वर्ष २५ को गणेश वि.क.
५. ऐ.ऐ.वडा नं.१२ वस्ने वर्ष ३६ को देव बहादुर बाँठा
हाल सम्मको अनुसन्धान बाट खुल्न आएका कुराहरु :
**************************************************
ईन्द्र बहादुर नेपालीले बदामद रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट रु १०,००,००0। लाखमा खरिद गरेको ।
निजले उक्त छाला कृष्ण वली लाई दिएको ।
कृष्ण वलीले गणेश वि.क. लाई दिएको ।
गणेश वि.क.लगायतले सुर्खेत छिन्चु बाट उक्त छाला रु ४०,००,०००। मा विक्री गर्ने भनि बाँकेमा लयाएको ।
कानुनी ब्यबस्था:-
*****************
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ।
प्रकाशित मितिः     6:25:59 PM  |