विद्युतका हाकिमलाई खुल्ला प्रश्न,-नेपालगन्जमा लोडसेडिङ्गको जस्तो अवस्था किन ?


श्रीमान प्रमुख ज्यू
नेपाल विद्युत प्राधिकरण
नेपालगन्ज वितरण केन्द्र

नेपालगन्जमा विद्युतको अवस्थामा लोडसेडिङ्गको जस्तो छ । औपचारिकरुपमा लोडसेडिङ्ग छैन् तर घण्टैपिच्छे विद्युत गइरहन्छन् । लोभोल्टेजको समस्या उस्तै छ ।

लोडसेडिङ्गको झझल्को दिने गरी नेपालगन्जमा भइरहेको विद्युत प्रशारण अनियमितताले चर्को गर्मीमाा सर्वसाधारणलाई आहत दिएको छ । गतवर्ष भन्दा फरक अनुभुती गरिरहेका सर्वसाधारणले विद्युत हाकिमको व्यवस्थापकिय क्षमता माथि प्रश्न उठाइरहेका छन् ।

प्राविधिक समस्या हो भने सार्वजनिक रुपमा भनिदिए हुन्छ । सर्वसाधारणको चित्त बुझ्थ्यो । नत्र चर्को गर्मीमा विद्युत नहुँदाको पीडा सहनै नसकिने अवस्थामा पुगेको छ ।

देशकै सबै भन्दा गर्मी हुने ठाँउ नेपालगन्ज अनि दिनमा घण्टौ बिजुली जाने किन  ? धनीले बिद्युतको ब्याकप राख्छन तर गरिव बिचाराकै लागी लोडसेडिङ हो ? जानकारी बिना जथाभावी लाईन काटेर लोडसेडिङ गर्नु के लोडसेडिङको अन्त्य गर्छु भन्ने सन्दर्भसंग मेल खाएकै हो । बाँकेका सम्बन्धित सरोकारवाला निकाय किन मौन ।

एकातिर कोरोनाको त्रास अर्कोतिर लोडसेडिङ किन ? विद्युत कार्यालयमा फोन गर्दा केहि समय व्यस्त अनि फेरी कलब्याक गर्दा फोनै नउठ्ने कर्मचारीको लापरबाही किन ? मनपरी गरे भैगो, जनता सुख्खाराम । २१औ शताब्दीमा पनि हाते पंखा जिन्दावाद हो ?

विद्युत गइरहने समस्याका कारण नेपालगन्जका अधिकांस पीडा खेप्नु परिरहेको छ, यतिबेला । गतवर्ष ठिकठाकै रहेको विद्युत प्रशारण अहिले भने पीडादायी छ ।

विद्युत व्यवस्थापनको कमजोरीका कारण घण्टैपिच्छे लाइन जाने आउने भइरहेको स्थानीय बताउँछन् । चर्को गर्मीमा भइरहेको विद्युत अनियमित तत्काल रोक्न माग गरिएको छ ।

यतिबेला कोरोना कहरका कारण सर्वसाधारण घरमै छन् । विद्यालय सन्चालन हुँदा अनलाइन कक्षाका कुरा उठेका छन् । विद्युत अभावमा अनलाइन कक्षा कसरी सन्चालन गर्ने ? प्रश्न उब्जिउका छन् । समस्या के हो ? विद्युत सार्वजनिकरुपमा भनिरहेको छैन । सर्वसाधारणले अरु बुझ्दैनन्, उनीहरु जसरी पनि विद्युत आउन पर्छ भन्ने मागमा अडिग छन् । विद्युत अभावको पीडा अतित भएकाले बेला फेरी त्यसलाई फर्काउने शैलीको काम किन हन खोजिरहेको छ ? प्रश्न स्वभाविक छ ।

प्रकाशित मितिः     ३१ भाद्र २०७७, बुधबार ०८:५२  |