बैकिङ्ग र कर प्रणालीको विकासबारे नेपालगन्जमा अन्तरक्रिया हुँदै, भवानी राणा प्रमुख अतिथी


नेपालगन्ज ३१ भदौ :  चार्टर्ड एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ९एक्यान०को बाँके ,च्याप्टरले पहिलो पटक नेपालगन्जमा बैकिङ्ग र कर प्रणालीमा वर्तमान अवस्थामा भएका विकासहरुको बारेमा बृहद छलफल कार्यक्रम आयोजना गर्दै छ ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष भवानी राणा प्रमुख अतिथी रहने कार्यक्रममा पछिल्लो समय बैंक र कर प्रणालीमा भएका विकासका सम्बन्धमा सरोकारवाला निकायका दिग्गज व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्ने एक्यान बाँके च्याप्टरका संयोजक बिश्व भण्डारीले बताए । भण्डारीका अनुसार, कार्यक्रम आगामी शुक्रवार दिउँसो २ : ३० बजेदेखि भर्चुअलरुपमा जुम मार्फत सञ्चालन हुने छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत यज्ञराज ढकालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

महासंघ अध्यक्ष भवानी राणा, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का उपाध्यक्ष युद्धराज ओली अतिथी वक्ताका रुपमा रहने छन् । एक्यानका केन्द्रीय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले समेत कार्यक्रममा सहभागि रहने छन्।


कार्यक्रमको प्रमुख उद्देश्य यस क्षेत्रमा रहेका सम्पूर्ण उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालालाई कोरोना महामारी का बीच भएका कानुनी परिवर्तन तथा सुविधाहरूको जानकारी गराउनु रहेको छ। सरोकारवालाहरुले सम्बन्धित विज्ञहरु बाट प्रश्न सोधेर आफ्नो जिज्ञासा समेत मेटाउन सक्ने छन्।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज उद्योग वाणिज्य संघ, बाँके चेम्बर अफ कमर्स, कोहलपुर उद्योग वाणिज्य संघ, तुल्सीपुर र घोराही उद्योग वाणिज्य संघ दाङका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहने छन्।

प्रकाशित मितिः     3:38:56 PM  |