महङ्गोमा प्याज विक्री गर्ने व्यवसायी खोज्दै बजार अनुगमन समिति


नेपालगन्ज १ असोज :  महङ्गो मूल्यमा प्याज विक्री गर्ने व्यवसायी बिरुद्ध वाणिज्य कार्यालय नेपालगन्जले अनुगमनलाई तिब्र बनाएको छ ।

जथाभावी मूल्यमा प्याज बेचेको थाहा पाए कडा कारवाही गरिने वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए । उनले त्यसका लागि बजार अनुगमनलाई तिब्र बनाएको बताएका छन् ।

महंगोमा प्याज विक्री नगर्न सूचित गरिएको उनले जानकार दिए । भारतले निर्यात प्रतिबन्ध लगाएपछि बाँकेमा महंगो मूल्यमा प्याजको विक्री भइरहेको छ ।


बाणिज्य कार्यालय नेपालगन्जको अगुवाइमा जिल्ला प्रशासन कार्यालय बाके,नेपालगन्ज उपमहानगरपालिका ,नेपालगन्ज उधोग बाणिज्य संघ ,उपभोक्ता हित संरक्षण मंच बाके लगायतका प्रतिनिधिमन्डल बाट सरोकारवाला विषयमा बजार अनुगमन भएको छ ।

संयुक्त बजार अनुगमन टोलिले प्याजको थोक मुल्य प्रति नम्बर को (५ केजिको)अधिकतम ३ सय २०र रुपैया र फुटकर अधिकतम ४ सय रुपैया भन्दा माथि नबेच्न निर्देशन दिएको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एंव बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले बताए ।

यद्यपी यो मूल्य तोकेको नभई खरिद मूल्यका आधारमा कायम गरिएको न्यायोचित मूल्य हो ।

प्रकाशित मितिः     10:21:48 AM  |