सबै खोल्दा होटल बन्द गर्नुको अर्थ छैन, मापदण्ड बनाऔं अब होटल खोल्न दिउँ


  • सीताराम यादव(प्रबन्ध निर्देशक, होटल गोल्डेन ब्लीज नेपालगन्ज)

हस्पिटालिटी क्षेत्रमा सबैभन्दा लगानी भएको शहर हो, बाँके । अर्वौको लगानी रहेको यो क्षेत्र लामो समयदेखिको कोरोना कहरका कारण धरासायी बनेको छ ।

झेल्नै नसकिने संकट आइसक्दा समेत हामीले यो क्षेत्र अब कसरी अगाडी बढ्छ भनेर ठम्याउन सकिरहेका छैनौ । अन्य हरेक क्षेत्र पुरानै अवस्थामा फर्किरहँदा हामी अनिश्चित भविष्य बोकेर हिडिरहेका छौ । होटल क्षेत्रलाई सरकारले अझै नखोल्ने सूचीमा राखेकाले कष्टक दिनहरु अझै छन् भन्ने अनुमान लगाउन सकिन्छ । सबै खुल्दा होटल नखोल्नुपर्ने कारण छैन । अरुले जस्तै सावधानी अपनाउँछौं, अब होटल खोलौ ।

कोरोनाका कारण बाँकेका अर्वौ लगानी रहेको बाँकेको होटल क्षेत्र धरासायी बनेको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले विश्वलाई नै विक्षिप्त बनाइरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन नसकेको कुरा यहाँलाई अवगत नै छ । २०७६ सालको चैत्र ११ गते देखि नेपाल भर भएको लकडाउन का कारण नेपाल भर रहेको सम्पूर्ण होटल ,रेष्टुरेन्ट तथा पर्यटन संग सम्बद्द सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द छ ।

राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय र पर्यटकिय क्षेत्र बाँके जिल्ला भित्रमा राजस्व तिर्ने बाँके जिल्ला भरिका  होटल तथा रेष्टुरेन्ट व्यसायहरु बन्द भएका कारण कर्मचारी बेरोजगार भएको र ति सबैको परिवारको चुलो निम्ने खतरा बडिरहेको छ साथै होटल व्यवसायसंग सम्बन्धित अन्य व्यवसायी र त्यसमा रहेका जनशक्तिहरुमा प्रत्यक्ष प्रभाव परेको छ ।


बाँके जिल्ला भरका होटल तथा रेष्टरेन्ट व्यवसायहरुको सम्पूर्ण लगानी धरासायी हुने खतरा बढेको छ र एकातिर कोरोना भाईरस बाट प्रभाबित हुने विरामी को संख्या बढिरहदा सम्पूर्ण व्यवसाय तथा मजदुर लगायत सिङगो समुदाय नै उच्च जोखीममा रहेका छन् भने अर्को तिर दिनरात मेहनत गरेर व्यवसाय सञ्चालन गर्दे त्यसैबाट कमाएको पैसाले घरबहाल, मजदुर ज्याला तथा राज्यलाई तिर्नूपर्ने सम्पूर्ण कर तथा महसुलहरु तिर्ने गरेका व्यवसायहरु पुर्ण रुपमा बन्द रहेका कारण धेरै व्यवसायहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन । तसर्थ अब सावधानी अपनाएर होटल खोल्न दिउँ ।

 

 

प्रकाशित मितिः     २ आश्विन २०७७, शुक्रबार ०८:००  |
error: Content is protected !!