लकडाउनमा फुरेको सिर्जना : फालेको टायरबाट आर्कषक गमला, अर्डरको ओइरो


नेपालगन्ज २ असोज :  नेपालगन्ज उपमहानगरपालिका ४ सल्यानीबागका सुर्य गुरुङ लकडाउनको समयमा सुतेर समय खेर फाल्ने भन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ फालिएका टायरबाट गमला बनाउन लागेका हुन ।

शुरुमा उनले घरमै ड्रागनको बिरुवा रोप्न घर नजिकै रहेको बिद्यालयले फालेको टायर ल्याएर गमला बनाए र फेसबुकमा पोष्ट गरे । फेसबुकमा जोडिएका साथीहरुले देखेपछि उनलाई गमलाको अर्डर आउन थाल्यो ।

माग बढ्दै गएपछि उनले लकडाउनको समयलाई भरपुर उपयोग गर्दै गमला बनाउनमै ब्यःत रहेका छन् । गमला बनाउन उनका परिवारले पनि साथ दिदै आएका छन् ।

गमला बनाएको थाहापाएपछि नेपालगन्जस्थित कारकाँदोका एकजना साथीले दुईवटा गमला लिए वापतको आफैले दुई ईहजारका दरले मूल्य दिएर गएको गुरुङ बताउछन् ।

हाल सम्म २५ बढी गमला बिक्रि गरेको बताउदै गुरुङभन्छन् – गमलाको अर्डर आउने क्रम जारीनै रहेको छ । आफुले बनाएको टायरको सिंगल गमलाको एक हजार देखि डबल गमलाको ५ हजार सम्म मूल्य पर्ने गुरुङ बताए ।

उनले हालै डिपार्टमेन्टल स्टोर, कटेज होटल देखि फेसबुकमै साथीभाई र कामाण्डौ, बिराटनगरबाट लपडाउन खुल्ने बित्तिकै लिन आउनेगरि अर्डर आएको बताए ।

ईच्छा भए ढुंगामा सुन फल्छ भने जझै गुरुङले फालिएका टायर, पंखाका : ट्याण्ड, कोकका बोतल, कपडा र सिमेन्टको प्रयोग गरि आकर्षक र टिकाउ गमला उत्पालन गर्दै आएका छन् ।

उनी यसरी नै निरन्तर माग बढ्दै गए उद्योग सञ्चालन गर्ने सोचमा छन् । उनले बनाएको गमलामा फलफुल देखि तरकारी सम्म उत्पादन गर्न सकिने बताउछन् ।

टायरबाट गमला बनाउने उनी नेपालगन्जकै पहिलो उद्यमी हुन । पूर्व वडा अध्यक्ष हुँदै नेकपाका नेता समेत रहेका गुरुङ धेरैका प्रेरणाका स्रोत बनेका छन् ।

प्रकाशित मितिः     २ आश्विन २०७७, शुक्रबार १४:२४  |