अरुको मुख ताकेर देश बन्दैन


२०७२ सालको भूकम्प जानु भन्दा पहिले गोरखा जिल्लामा महिना को २४ सय पेटी बीयर बिक्री हुन्थ्यो भुकम्प गए पछि ८४ सय पेटी बिक्रि हुन थाल्यो । बीयर कम्पनीहरू जनतालाई अच्चम लागेछ कसरी यस्तो भयो भनेर । अनुसन्धान गर्दै जाँदा थाहा भयो एनजिओ र आइएनजिओहरु को मेला ।

एक तिर गोरखा जिल्लाका जनतालाई भुकम्पले पूरै थिलो थिलो पारेको थियो भने गैह्र सरकारी संस्थाहरु लाई रमाइलो गर्ने बाहना मिलेको थियो । जिल्ला सदरमुकामका होटलहरु भरिभराउ भएका थिए होटलमा कोठा नपाएर बाहिर खुल्ला ठाउँमा टेन्ट लगाएर बस्नेको ताँति थियो । जनताहरु एक छाक खाना खानको लागि लाईन लाग्नु पर्थ्यो भने गैह्र सरकारी सस्थाका प्रतिनिधिहरुको लागि वनभोज गर्ने बाहना बनेको थियो ।

भूकम्प पिडित जनताको नाममा करौडौ रूपैयाँ खर्च गरेको बिवरण सार्बजनिक भए तर जनताको अबस्था जहाँको त्यहि थियो । भनिन्छ -गोरखा जिल्लामा भुकम्प पछि गैह्र सरकारी संस्थाले जति रकम खर्च गरे सही सदुपयोग भएको भए सबै जनताको घर पक्कि बन्थ्यो र घर घरमाा जाने पक्कि मोटर बाटो बन्थ्यो तर उपलब्धि शुन्य भयो । पछि नेपाल सरकार ले निर्माण र पुननिर्माण काम आफै गर्नु परिरहेको छ ।

२०४८ पछि कर्णाली अन्चल हाल प्रदेशको बिकसको नाममा काठमाडौंको सोल्टी होटल देखि एभरेष्ट होटल सम्म तालिम गोष्ठि ,सेमिनार सबै भए कर्णाली का जनतालाई बिकासका कथा सुनाउन हबाई जहाज चार्टर गरेर काठमाडौं सम्म पुर्याइयो । कर्णालीको बिकास गर्ने भन्दै नेपालगञ्जका गल्लि गल्लिमा एननिओ र आइएनजिओका अफिस खुले होटल होटलमा कार्यपत्र प्रस्तुत गरिए नेपालगन्जका होटल गुलजार बनें । कागजमा कर्णालीको कायपलट भयो । उता कर्णालीका जनताका कथा ब्याथा जाहाँ का त्यहि थिए ।


अमेरिका देखि बेलायत सम्म जनताका नाङगा फोटा हरु टाठा बाठाले बिक्रि गरे करौडौ कुम्ल्याए । भनिन्छ गैह्र सरकारी संस्थाले खर्च गरेको रकम मात्र बाडेको भए कर्णाली का जनताका भागमा एक परिवार एक करोड पर्थ्यो । बिडम्बना कर्णाली का जनताको जिबनस्तर आज पनि उस्तै छ । नेपाल सरकार ले सुर्खेत देखि जुम्ला, मुगु जोड्ने सडक बनाएँ पछि भर्खर स्याउले बजार पाउदै छ । ष्लनय हरु ले नेपाली कला संस्कृति , रहन सहन र धर्म माथी कसरी प्रहार गरिरहेको छन् छर्लङग छ ।

नेपाल सरकारले एकद्वार प्रणाली बाट मात्र रकम ल्याउन पाउने ब्याबस्था के गर्न खोजेको थियो बिरोधमा ऊतरि हालें । यिनीहरु ले बार्षिक कति रकम भित्राउछन नेपाल सरकार लाइ समेत जानकारी हुदैन । आफुले ल्याएको रकम को हिसाब किताब किन दिन चाहादैनरु लुट मचाउन ।

पछिल्लो समय एनजिओहरुले सरकारले गर्ने प्रत्येक कामको बिरोध गर्ने सरकारलाई असफल बनाउने नेपाली समाजमा अराजकता निम्ताउने राज्य लाई अस्थिर बनाउने र सबिधान नै असफल बनाउने कोसिस गर्दैछन् । कति ले पैसा मा आँफु लार्इ बिक्रि गरेर यिनीहरु को पछाडि कुदेका छन् कति हामी नबुझेर दौडि रहेका छौ।जुन देशमा एनजिओ र आइएनजिओ फस्टाएका छन् त्यो देशमा बिकास र शान्ति को कल्पना पनि गर्ने सकिदैन ।

सधै सुशासन र आर्थिक पारदर्शिताको बिषय उठाउने एनजिओ र आइन/एनजिओको हिसाब किताब कहिले पारदर्शि भएन । यस कारण देश बिकास गर्ने हो भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र ईमान्दारितापूर्वक काम गर्नु पर्छ जनताले पनि आफ्नो कर्तव्य र दायित्व बुझ्नु जरुरी छ सधैं अधिकार खोजेर मात्र हुँदैन । अरु को मुख ताकेर कहिल्यै बिकास हुँदैन ।

प्रकाशित मितिः     2:22:29 PM  |