कोहलपुरमा पहिले स्कुल खोल्ने अहिले बन्द गर्ने निर्णय


नेपालगन्ज ४ भदौ :  कोहलपुर नगरपालिका भित्रका विद्यालयहरु आंशिक रुपमा खोल्नका लागि कोहलपुर नगर शिक्षाले निर्णय गरेको केहि समयमा नै संचालन नगर्न निर्देशन दिएको छ ।

आज असोज ४ गतेदेखि बिद्यालयहरु संचालन गर्ने भनेता पनि कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त पौडेलले अर्को बिज्ञप्ती निकाली बिद्यालय अर्को सुचना नअआनउदा सम्म बन्द हुने जनाएका छन ।

कोरोना कहरका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका बिद्यालयहरु खुल्ने भनिएको थियो । कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको निर्देशन तथा सर्वदलीय बैठकको निर्णय अनुसार विद्यालय ४ गते खुलेपछि पढाई हुन भने केही दिन लाग्ने विद्यालयहरुले जनाएको थिए । नगर भित्रका सरकारी र नीजि गरेर पहिलो चरणमा करिब तीन दर्जन विद्यालयहरु पठनपाठन भनिएको थियो । तर बिद्यालय खोल्ने भनिएको दिनमा नै बिद्यालय नखोल्ने कोहलपुर नगर शिक्षाले निर्देशन दिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादबले भने यसरी नगरपालिकालले गरेको निर्णय कार्यान्वयन नगर्न जानकारी दिएको समेत बताए । यस्तो बिपदका बेलामा स्थानिय सरकारले यसरी निर्णय गरि कार्यान्वयन गर्दा भोलि बालबालिकाहरुमा कोरोना संक्रमण देखिदाको जिम्मेवार को हुने भन्दै नगर शिक्षाको निर्णय तत्काल रोक्न निर्देशन दिइएको जानकारी दिए ।

यसरी बिद्यालय संचालन गरेको पाईएमा जिल्ला अनुगमन समितीले कारबाही गर्ने समेत बताए । र सरकारको अधिकारीक निर्णय नहुदा सम्म बिद्यालय खोल्न पाइने छैन । बरु स्थानिय बिद्यालयहरुले अनलाईन कक्षा संचालन गर्न सक्ने जनाए । कोहलपुर नगरभित्र माध्यामिक तहका सामुदायिक १३ र संस्थागत २२ वटा विद्यालय रहेका छन् ।

प्रकाशित मितिः     ४ आश्विन २०७७, आईतवार १४:४१  |