बर्दियाका स्थानिय तह र गैससले भेरी अस्पताललाई पठाए ९ सय ६० थान पिसिआर किट


नेपालगन्ज ६ असोज : भेरी अस्पताल नेपालगंजलाई ९ सय ६० थान पिसीआर किट प्राप्त भएको छ ।

स्वास्थ्य कार्यालय बर्दिया मार्फत बर्दियाका ८ वटै पालिका, कमैया महिला जागरण समाज, स्वास्थ्यका लागी सक्षम प्रणाली र जिल्ला विपद ब्यवस्थापन समितिले समन्वय, सहकार्य गरी किट पठाएका हुन ।

पिसीआर किटको अपुग भएपछि कोरोनाको जाँच गर्न कठिनाई भएको अस्पतालले बताउँर्दै आएको थियो ।

प्रकाशित मितिः     ६ आश्विन २०७७, मंगलवार १७:२३  |