नेपालगन्जबाट हुने उडानमा यात्रु भरिए,उडान थप्ने तयारी


नेपालगन्ज ९ असोज :  लकडाउनको छ महिनापछि सोमबारदेखि आन्तरिक हवाई उडान खुल्यो । नेपालगन्ज बेस भएर सन्चालनमा आएका उडानमा शतप्रतिशत यात्रु छन् ।

यात्रु खचाखच भरिएपछि उडान थप्ने योजनामा एयरलाइन्स रहेको नागरिक उड्न कार्यालय नेपालगन्जका प्रमुख प्रमोेद ठाकुरले जानकारी दिए । उनले भने,- अहिले यात्रु खचाखच भरिएका छन् । उडान थप्ने योजनाका बारेमा छलफल भइरहेको छ ।

अहिले एयरलाइन्स कम्पनीले उडान सीमित गरेता पनि अब भने थप्ने योजना बनाइरहेका छन् ।

नेपालगञ्जदेखि काठमाण्डौं सिमकोट, जुम्ला, बाजुरा, डोल्पा र रारा लगायत गन्तब्यमा दैनिक उडान गर्दै आएको छ। भाडादर समेत ठिकै रहेको र स्थलमार्गबाट जाँदा बाढी र पहिरोको डर भएका कारण पनि धेरै जसो यात्रु प्लेनबाटै जाने गरेका छन् ।

नेपालगन्ज विमास्थल आन्तरिक हवाई उडानमा प्रमुख गन्तव्यका रुपमा चिनिन्छ । लकडाउनका बेला समेत कोभिडसंग सम्बन्धीत कामका लागि हुने उडानका क्रममा नेपालगन्ज विमानस्थल व्यस्त नै थियो ।

तर नियमित हवाई उडान भने सोमवारदेखि मात्र शुरु भएपछि विमानस्थलमा चहलपहल बढेको हो । विमानस्थलदेखि प्लेनमा चढ्दासम्म अपनाइने स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गरिएको छ ।

प्रकाशित मितिः     ९ आश्विन २०७७, शुक्रबार ११:०१  |