सुर्खेतबाट थालियो लाइसेन्स वितरण


कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ। बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे।

कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पहिलोपटक अनुमति पत्र वितरण गरिएको हो। २०७६ माघबाट नै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सका लागि आवेदन खोलेको थियो।


नयाँ सवारी चालक अनुमति पत्रका लागि तोकिएको परीक्षा उतिर्ण गरेकाहरुलाई स्मार्ट कार्ड वितरण गर्न सुरु गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यातायात व्यवस्था संवेदनशील कार्यालय भएको बताए। उनले नागरिकको काममा ढिलासुस्ती हुन नदिन सुर्खेतमै स्मार्ट कार्ड प्रिन्ट गर्ने तयारीमा प्रदेश सरकार लागेको जानकारी दिए।

प्रकाशित मितिः     ९ आश्विन २०७७, शुक्रबार ११:१७  |
error: Content is protected !!