सनराइज बैंकद्धारा सीतापुरमा शाखारहित बैंकिङ्ग सेवा सन्चालन


नेपालगन्ज ९ असोज :  सनराइज बैंकले बाँकेको खजुरा गाउँपालिका वडा २ सीतापुरमा शाखारहित बैंकिगं सेवा शुरु गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बैंकका प्रदेश नं. ५ का प्रमुख सुनिल मण्डलले शाखारहित बैंकिगं सेवाको उद्घाटन गरे ।


कार्यक्रममा कार्यवहाक वडा नन्दलाल गुर्ताल, नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटा लगायतको उपस्थिती थियो ।

उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरुको भुक्तानी जस्ता कामहरु हुने छ । सुजाता खरेलले उक्त शाखा
हेर्नेछिन् । कार्यक्रमको सन्चालन सहायक कर्जा अधिकृत गोपाल ओलीले गरेका थिए ।

प्रकाशित मितिः     ९ आश्विन २०७७, शुक्रबार ११:५१  |
error: Content is protected !!