प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे


नेपालगन्ज । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । गत आर्थिक वर्षमैै यहाँका सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका हुन ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७४७ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् ।


विवरणअनुसार २०७६ असोज महिनासम्म प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कूल १०९ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुली स्थानीय सेवाग्राहीलाई बैंकिङ सेवा पु¥याएका छन् ।

 

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार ०९:३०  |
error: Content is protected !!