कोरोनाका कारण बबई बहुमुखी क्याम्पसका प्रमुखको निधन


कोरोनाका कारण बर्दियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको निधन भएको छ । संक्रमणपछि बर्दियास्थित घरमै होम आइसोलेसनमा बसेका अग्रवाललाई शनिवार बिहान सास फेर्न समस्या भएको थियो ।

समस्या बढेपछि थप उपचारका लागि तत्कालै नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउने क्रममा अस्पतालको गेटमा नपुग्दै उनको निधन भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड फोलक पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, क्याम्पस प्रमुख अग्रवाल दुई वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । भारतमा उपचार गराइरहेका थिए । असोज ७ गते मात्र उनको पिसिआर परीक्षण भएको थियो । रिर्पोट पोजिटिभ आएपछि होम आइसोलेसेनमा बसेका थिए ।

फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, अन्यत्र जिल्लाबाट कोरोनाको उपचारका लागि यहाँ आई मृत्यु हुनेको संख्या छ जना पुगेको छ

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १५:२५  |