होटल गोल्डेन ब्लीजको आर्कषक टुर प्याकेज सार्वजनिक, बाँके र बर्दियाका पर्यटकीयस्थल घुम्न पाइने


नेपालगन्ज ११ असोज :  नेपालगन्जमा रहेको तारे होटल गोल्डेन ब्लीज(भेरी) आर्कषक टुर प्याकेज ल्याएको छ ।

बाँके र बर्दियाका स्थानीय पर्यटकियस्थललाई लक्षित गरी टुर प्याकेज ल्याइएको होटलका प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए ।

कोभिडका कारण थला परेका होटल एवं पर्यटन क्षेत्रलाई उकास्न यस्ता टुर प्याकेज प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ ।

यति एयरलाइन्सले नेपालगन्ज हुँदे रारासम्मको टुर प्योकज यसअघि नै सार्वजनिक गरिसकेका बेला होटल गोल्डेन ब्लीजले पनि स्थानीयस्तरमा टुर प्याकेज ल्याएको हो ।


प्रबन्ध निर्देशक यादवका अनुसार रु ६ हजार ६ सयको एउटा प्याकेज बनाइएको छ । त्यसैभित्र डिलक्स रुममा बस्न पाइनेदेखि डिनर, ब्रेकफास्टसम्मको सूविधा छ । दुई जनादेखि सामुहिकरुपमा प्याकेजमा सहभागि हुन सकिन्छ ।

प्याकेज अनुसार निश्चित खर्च तोकेको भए पनि गच्छे अनुसार सेवाग्राहीले सूविधा थपेर खर्च भने गर्न सक्ने छन् ।

त्यसरी प्याकेजमा आएका सेवाग्राहीलाई बस र जिपको माध्यमबाट बाँकेको गाभर भ्याली र बर्दिया निकुन्जसम्म घुम्ने व्यवस्था गरिएको यादवले बताए ।

प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार १८:५७  |
error: Content is protected !!