बाँके निकुञ्ज नजिकै कोहलपुरमा तारे होटल म्याक्स सन्चालन


नेपालगन्ज १५ असोज :  लकडाउनका कारण होटल व्यवसाय धरासायी बनिरहेका बेला कोहलपुरका युवा व्यवसायी मनोज केसीले भव्य होटल सन्चालनमा ल्याएका छन् ।

होटल म्याक्स बिहिवारदेखि सन्चालनमा आएको छ । तारे होटल सन्चालनमा ल्याएर केसीले होटल क्षेत्रमा राम्रो सम्भावना भएको सन्देश दिएका छन् ।

बाँके निकुञ्ज नजिकै रहेको म्याक्सको सफ्ट लन्चिगं गरिएको हो । बैशाख १ गतेबाट सञ्चालनको तयारी गरि होटलको निर्माणको काम तिब्र गतिमा गरिएको भए पनि लकडाउनको कारण सन्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको होटल सञ्चाक मनोज केसीले बताए ।

पश्चिमको केन्द्रबिन्दु र बाँके निकुञ्जसंगै जोडिएका कारण कोहलपुरमा पर्यटकीय गतिविधि बढ्ने उनको निष्कर्ष छ ।


त्यसैको आधारमा उनले होटल खोलेका हुन । गत बैशाखको १ गते सुरु गर्ने योेजना भए पनि लकडाउनका कारण सम्भव भए ।

होटलमा छतमा स्विमीङ्गपुल बनाउने र स्वमीङ्गबार निर्माण गरिदै छ । स्पा कफी सप, रेष्टुरेण्टहरु, सूविधा सम्पन्न रुमहरु बिशेष रहने छ ।

होटलमा जम्मा कोठा ५० वटा रहेका छन् भने हुक्का बार सहितका रेष्टुरेन्ट र चारवटा हलहरु रहने छन् । होटल म्याक्स निर्माणपछि ७२ जना भन्दा बढि कर्मचारीले रोजगारी पाउने छ ।

पर्यटकीय पूर्वाधारको विकासंगै कोहलपुरमा तारेस्तरका होटल धमाधम निर्माण हुँदैछ । कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा समेत रहेको छ ।

प्रकाशित मितिः     १५ आश्विन २०७७, बिहीबार ११:१५  |
error: Content is protected !!