नेपालगन्जमा तीस वर्षदेखि मिसलपट्टी चखाइरहेका बेहना


  • भगतराम थारु

नेपालगन्ज १५ असोज । बाँके नेपालगन्ज उपमहानगरपालिका-१८ लग्दहवाका विपद रसुल बेहनाले वि.सं. २०३० सालदेखि मिसलपट्टी बेचेर गुजारा चलाउदै आएका छन् ।

करिब ४६ वर्षदेखि मिसलपट्टी बेच्न सुरु गरेको अहिले पनि उहि साइकल उही झोला प्रयोग गर्दै आएका छन् ।

आफ्नो गुजारा चलाउनकै लागि नेपालगन्ज उपमहानगरपालिकाको गल्ली गल्लीमा मिसलपट्टी बेच्दै आएका उनी आफ्नो कामदेखि सन्तुष्ट छन् । आफ्नै मेहेनतको दममा हिड्न पाएको छु, उनले भने ।

वि.सं. २०३० सालदेखि सुरुवात गर्नुभएका बेहनाले ४ वटा बालबच्चाको पढाई र घरखर्च यसैले धानेको बताउछन् । दुध र मिश्रीले बनाउने मिसलपट्टी २५ पैसादेखि बेच्न सुरुवात गरेका थिए, अहिले त्यसको मूल्य १० रुपैयादेखि ४० रुपैयासम्म पुगेको छ ।


मिसलपट्टीलाई साँझा तयारी अवस्थामा राख्ने र विहानै बनाएर बजारको गल्ली गल्लीमा बेच्न जाने गर्छन् । एकपटक खाएका बालबालिकाले त्यही मिसलपट्टी खाना खोज्छन् । एकपटकमा ३ सय लगानी गर्दा ५/६ सय फाइदा आउछ, उनले भने ।

मिसलपट्टीमा चिडिया, नाल, फुल, तराजु, विच्छु, हुक्का, घडी, सर्प लगायत विभिन्न प्रकारका आकारमा बनाउने र बालवालिकाहरु त्यसैमा रमाउने गर्छन् । दिनभरी मिसलपट्टी बेच्ने र बालवालिकाहरुसंग रमाउने कार्य दैनिकी भैरहेको छ यसैमा खुसी छु, उनले भने ।

प्रकाशित मितिः     १५ आश्विन २०७७, बिहीबार १३:५६  |
error: Content is protected !!