केवि मसाल
भालुवाङ भनेको खाम मगर भाषामा भालुचौर भनेको हो । अठार मगरातहरु को भाषामा वाङ भनेको चौर भन्ने अर्थ लाग्दछ । मगरहरुले बोल्ने मातृ भाषालाई अठार मगरात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरिएको छ ।
बाह्र मगरात अन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ भने अठार मगरातमा बोलिने मगर भाषालाई खाम भाषा भनिन्छ । रोल्पा, रुकुमका खाम भाषीका जातीहरु पैदल हिडने समयमा नुनतेल खरिद र देश विदेशको यात्रामा जाने प्रमुख मार्ग भालुवाङ भएकोले सम्म भाग अर्थात चौरमा भालु समेत लाग्ने हुनाले ठाउको नाम पनि भालुबाङ राखेको अनुमान गर्न सकिन्छ । भालुबाङको नाम मात्र होइन रोल्पा र प्युठानमा समेत धेरै ठाउका नामहरु खाम भाषामा राखिएको छ ।
दाङ जिल्लाको पूर्व–पश्चिम राजमार्गमा पर्ने भालुवाङ प्रकृतिले सजिएको छ । भालुवाङ बजार किनारमा बग्ने राप्तीनदि, महाभारत र चुरेश्रृखलाले दिएको रमणिय बातावराण मात्र होइन रोल्पा र प्युठान जिल्लाको ब्यापारी केन्द्र पनि बनेको छ भालुवाङ । आजको भालुवाङको इतिहास हेर्दा बि।स।२००७ साल भन्दा पहिले त्यस ठाउमा कोइलावास र बहादुरगन्ज देखि आएर ब्यपार गर्न थालेका गुप्ता परिवार हो । अनन्तराम गुप्ता र मोहनराम गुप्ता भालुवाङका पुराना ब्यापारी थिए । पछि अर्घाखाचीको पाल्ली र प्युठान जिल्लाको हंसपुरको ढुङेगढी बाट पिले मिया र सौखत अली आएर ब्यापार गर्न लागेको कुरा पाइन्छ । भालुवाङको भूगोलमा अर्थात राजमार्गमा अर्घाखाची जिल्ला पर्दछ भनेर धेरैलाई थाहा नहुन सक्दछ । भालुबाङको पुल देखि कालाकाटेको राङसिङ खोलाको पुल सम्म को ५ कि।मिसडक अर्घाखाची जिल्लाको सिमानामा पर्दछ । राप्तीको पुलदेखि डेड किलो मिटरको दुरी हात्तीढुङगा सम्म सडकको दुबै भाग अर्घाखाची जिल्ला पर्दछ भने हात्तीढुङगा देखि राङसीखोला को पुल अर्थात कालाकाटे सम्मको सडक उत्तर अर्घाखाची जिल्ला पर्दछ । राप्तीनदिको किनारको भालुबाङ बजार पूर्व तिर अर्घाखाची जिल्लाको जलुके गाविसको लापे, सातमारा,हात्तीढुङगा, सितलधारा, बेलैते, फुर्केसल्ली डाँडा र जामुने लेक जस्ता नाउका गाउँहरु रहेका छन । अहिले भालुबाङ पुरानो बजारमा पर्ने बर्रावास बाट अर्घाखाची जिल्लाको लापे जोडने झोलुङगे पुल निर्माण भएको छ ।
भालुबाङ बजारको पुलचोकमा जहाँ बजार क्षेत्र बिस्तार भएको छ । त्यस ठाउमा अहिले सम्म ३१ बिघा १९ कठ्ठा ६ धुर जमिन वनको नाममा रहेको छ । २०५० साल देखि नगर विकास गठन भए यता धेरै पटक बजार क्षेत्रका घरहरुलाई दर्ता गराउन खोजिएपनि हाल सम्म बजारबासीहरुले जमिनको लालपुर्जा पाउन सकेका छैनन् । भालुबाङको राप्तीनदिको पुल ०३८ सालदेखि निर्माण सुरु भएर ४० सालमा सम्पन्न भएको थियो । राप्तीको पुल निर्माण भएपछि मात्र राप्ती क्षेत्रका सडक यातायातको सञ्जाल पूर्वतिर जोडिएको हो । भालुबाङ वरपरका का ग्रामीण बस्तीहरु ग्रामीण पर्यटन बिकासको लागी आधारभूत संरचना रहेको छ । लालमटिया र हासिपुर गाउँ विकास समितीमा पर्ने चुरे श्रृखलाका प्राकृतिक डाडाँकाडाँका रमणिय मगरबस्ती देवीकोट, रुपाकोट, करङगे कोट, थकरीकोट भट्टीसोता जस्ता रमणिय कोट र ऐतिहासिक स्थलहरु रहेका छन ।
देवीकोट मन्दिर हाँसिपुर ४ देवीकोटमा अवस्थित छ । यस मन्दिरको खास नाम भने भद्राक्षीदेवी मनकामना मन्दिर हो । यस स्थानमा भद्राक्षीदेवी मनकामना सिद्धि मन्दिर र पालुको थान छन । यहा वडा दशैं र चैते दशैंको वेला भक्तजनहरुको घुईचो लाग्दछ । देवीकोट पुग्नको लागी तल्लो मौरीघाट श्रीनारायण चोक देखि ८ कि।मि। मोटर मार्ग समेत निर्माण भएको छ । जुन मार्गलाई गणतन्त्र मार्गको नाम राखिएको छ । ग्रामीण पर्यटनको विकास गर्ने लक्ष्य सहित निमार्ण थालिएको यो सडक मौरीघाट–हासिपुर मुर्कोटी सम्म ३५ कि।मि। सडकको सर्भे भएको छ । यो सडक मुर्कोटी हुदै प्युठान जिल्लाको स्वर्गद्वारी सम्म सडक जोडने लक्ष्य रहेको छ । ग्रामीण मगर समुदायको बस्तीहरुलाई ग्रामीण पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने संभावना रहेको छ ।
भालुवाङ् बजार देखी ४ कि।मि। उत्तर पूर्व राप्ती नदीमा रहेको चखेवा तालमा प्रत्यक बर्ष उत्तरी ध्रुवमा हिऊ पर्न थालेपछि नेपालका विभिन्न भागमा पर्यटन चराहरु भित्रीने क्रम सुरुहुन्छ । विशेष गरी साइवेरियन चराहरु दक्षिणी भेगमा न्यानो र सुरक्षित वासस्थानको खोजिमा नेपाल आउने गरेका हुन । बर्षातको क्रम हटदै गएर जब शरद ऋतुको सुरुवात हुन्छ यहि समय देखि साइवेरिया बाट चराहरु आउने क्रम सुरु हुन्छ । यसरी आउने चराहरुमा जलकौवा, बकुल्ला, स्टोर्क, २० प्रजातीका, डुवुल्की चरा, सिद्धेचरा, जकेवा, भुडीभोर, लोभीपपी गरुड १३ प्रजातीका, पानी हाँस ४२ प्रजातीका र रैथाने र घुमन्ते चराहरु नेपालमा आउने गर्दछन । यसरी आउने साइवेरियन चराहरु तराइका विभिन्न सिमसार क्षेत्रका तालतलैयाहरुमा बासस्थान बनाएर बस्ने गरेका छन । यिनै चराहरु मध्य केहि चाराहरु चखेवा तालमा आउने गरेका छन । उत्तरी ध्रुवका चराहरुले नेपाल, भारत, श्रीलङ्कालगायतका देशका संरक्षित सिमसार क्षेत्रमा हिउदमा विचरण गर्दछन । चखेवा ताल भने प्राकृतीक रुपमा राप्ती नदीमा बनेको ताल हो । तालको पूर्व तिर अर्घाखाची जिल्लाको डाफे सामुदायिक वन र पश्चिम भागमा दाङ जिल्ला लालमटिया गाविसको राप्ती सामुदायिक वनले पाहुना चराहरुलाई वास बस्ने अनुकुल स्थल बनाइ दिएको छ ।
प्युठान जिल्लाको गौमुखी बाट उदगम भएको झिमरुक र रोल्पा, वाग्लुङ् को सिमामा पर्ने कालाशेष बाट निस्कने लुङ्ग्री, खुङ्ग्री को पानी रोल्पाको राकको जायाचौर उदगम स्थल भएर बग्दै आएको माडी खोला प्युठान रोल्पाको सिमानामा पर्ने चतुर्भजमा मिसिएर माडी खोलाको नाम बाट बग्दछ । माडी र भिमरुक दुई खोला प्युठान र अर्घाखाचाीको सिमानामा पर्ने एैरावतीमा मिसिन्छ । यसरी रोल्पा र प्युठानका दर्जनौ खोलाहरुको पानी मिसिएपछि राप्ती नदीको नामाकरण भएर अर्घाखाची, प्युठान र दाङ जिल्लाको सिमा बनेर बग्दै दक्षिण बग्दछ राप्ती नदी । गनाहखोला अर्थात चैते बाट प्युठानको भूगोल समाप्त भएर दाङ र अर्घाखाचीको सिमा मात्र भएर राप्ती चखेवा ताल सम्म आईपुग्दा सम्म धेरै स्थानमा तालको स्वरुप नदीले दिएपनि चखेरा तालमा मात्र साइवेरियन चराहरु आउने गरेका छन ।
साइवेरिया देखि चराहरु किन यहा आउछन रु त्यसका बारेमा वैज्ञानीक खोज अनुसन्धान होला १ तर आगन्तुक चराहरको वासस्थानलाई अनुकुल वातावरणि स्थल जोगाउनु पर्दछ । साइवेरियन चराहरु मात्र होइन चखेवा तालमा गोहि समेत पाइन्छ । वर्षाको पानी बाट खेल्दै आउने गोहि आफुलाई अनकुलहुने पानीको गहिराइ फेला पारेपछि चखेवा ताललाई बासस्थान बनाउन लागेको छ । चखेवा ताल आन्तरिक एव वाह्य पर्यटकहरुको लागी पनि आकर्षक बन्ने स्थल छ । राजमार्ग भालुवाङ् देखि ¥याफटिङ् सेवा चखेरा ताल हुदै अर्घाखाची र प्युठान जिल्लाको सिमानामा पर्ने ऐतिहासिक एैरावती सम्म सेवादिन सके चखेवा ताल हेर्न दैनिक सयौंको सख्यामा मानिसहरु पुग्न सक्दछन । एैरावती माडी र झिमरुक मिसिएको ऐतिहासिक धार्मीक स्थल हो । चखेवा र एैरावती पुग्ने मानिस मात्र होइन ¥याफटिङ् सेवाले अर्घाखाची जिल्लाको पश्चिमी भेगका वेलवास वरपरका दर्जनौ गाऊका बासिन्दा र प्युठान जिल्लाको सलिकोट वाङ्गेसाल का बासिन्दाहरुलाई समेत यातायातको सुविधा हुन जानेछ ।
भालुबाङको दक्षिण गोबडिया गाउँमा ऐतिहासिक सिद्ध बाघनाथ बाबा जंगलकुटी रहेको छ । एउटा युग थियो तपस्या गर्ने, एकान्त स्थलमा तप गर्ने, ध्यान गर्ने यसरी प््रााप्त भएको ज्ञानलाई प्रयोग गर्ने त्यहि क्रममा निर्माण भएको हो जंगलकुटी । दाङ् जिल्लाको देउखुरी उपत्यकाको गोवरडिया गाविस–८ को जंगलमा जंगलकुटी पर्दछ । करिव दुईसय वर्षको इतिहास रहेको जंगलकुटी प्रकृती प्रेमीहरुको लागी अध्यन, अनुगमन र दृष्यावलोकन गर्नको निमित्त उत्तम मानीन्छ । राप्ती नदीको किनारमा रहेको गोवरडिया गाउँ दक्षिण चुरे–पहाडको डुंडुवा पहाड चिमचिमे खोला, सुपौला खोला को प्राकतीक हरियाली जंगलको विचमा रहेको जंगलकुटी, चारैतिर घना जंगल, दुर्लभ जडिवुटी, सयौ भन्दा बढी प्रजातीका चराचुरुङ्गी र जंगली जनावर पनि जंगलकुटी जंगलमा रहेका छन । बुटवलको चारपाला कुटी बाट वि।स।१८७९ मा जंगलकुटी मा आयर वस्नु भएको सिद्ध बाघनाथ बाबा जंगल विच रहेको भूवनेश्वरनाथ कुटीमा एक्लै वस्ने र गाउँघरमा डुल्दा बाघमा चडेर घुम्नुहुन्थो । बाघमा चडने हुदा वहाको नाम पनि बाघनाथ राखिएको विस्वास गरिन्छ । जंगलकुटी वरपर रहेको चुरे श्रृखलामा प्राचिनकाल देखि नै बाघ को बासस्थान भएको जंगल थियो । भनिन्छ बाघनाथ बाबा वन्य जन्तुहरु को भाषा पनि वुझनु हुन्थो । बाबाको कुटीमा वन्यजन्तु बाघ, भालु, मृग, जरायो जस्ता जनावर वरपर घुम्ने गर्दथिए ।
कालाकाटे बाट १६ कि।मि।पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउ देखि ७ कि।मि दक्षिण चुरे पहाडको काखमा जंगलकुटी रहेको छ । –जंगलकुटी को पहाडको टुप्पोमा जसलाई भ्यूटावर पनि भन्ने गरिएको छ । यस स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भाग को दृष्य देख्न सकिन्छ । राप्ती नदी को नागवेली आकृती, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दाया, वायामा वाक्लो बस्ती को मनोरम दृष्य भ्यूटावर को चुचुरा बाट अवलोकन गर्न सकिन्छ । राजमार्ग कालाकाटे ऐतिहासिक स्थल हो । यो ठाउमा तत्कालीन समयमा भारत बाट लखटिदै आएका कालाराजालाई काटेको हुदा ठाउको नामपनि कालाकाटे राखिएको हो भन्ने कुरा किम्वदन्तीमा रहेको छ ।
जंगलकुटी दक्षिण र पूर्वि भूभागका चुरे श्रृखलाको पहाड प्राचिन सभ्यताको धरोहर भूमी मानिन्छ । यस क्षेत्रमा कपिल महर्षिको तपोभूमि मानिन्छ । जुनठाउ अहिले कपिलवस्तु जिल्लामा पर्दछ । मानव समाजको विकास सगै पहाड,पर्वतहरु मा ऋषिमुनीहरु को तपस्या स्थल वनेको प्राचिन इतिहास छ । जसको उधारण अहिले कपिलवस्तु जिल्लामा पर्ने शिवगढीलाई लिन सकिन्छ । चुरे पहाडको चुचुरो शिवगढीको उचाई सामुद्रिक सतहवाट १ हजार ४९१ मिटर रहेको छ । राजमार्ग धाखोला बाट ३ घण्टाको उकालो पैदल यात्रामा पुगिने शिवगढी मन्दिरमा धानखोलाको शिवालय नवन्दा सम्म प्रत्येक शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दथियो । कपिलवस्तु र दाङ् जिल्लाको सिमावर्ती क्षेत्रहरु को सवै भन्दा अग्लो पहाडमा रहेको शिवगढी बाट हिमाल,तराई,चुरे पहाडको धेरै श्रृखंला,देउखुरी उपत्यका र प्युठान, अर्घाखाची जिल्लाको धेरै डाडाकाडा अवलोकन गर्न सकिन्छ । प्राकृतीक रमणिय वातावरण अनुभव गर्नेहरु का लागी शिवगढीले पहाडलाई बोकेर तराईको मैदानी भागलाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । रात्रीको समयमा शिवगढी बाट भारतिय शहरमा रेलगाडी कुदेको, विजुली वलेको झिलिमिली वातावरण देख्न सकिन्छ । शिवगढीमा सतिदेवीको जिव्रो पतन भएको जन विस्वास गरिन्छ ।
राजमार्ग धानखोलाको शिव मन्दिर वि।स। २०४० सालमा सडक खन्नेक्रममा फेला परेको शिला हो । जहा अहिले सडक किनारमा पहाड भित्र मन्दिर बनाइएको छ । त्यहि भित्रको आकृती नै भेटिएको शिवजीको शिला हो । चुनको पहरामा शिवजीको आकृती भेटिना साथ त्यहा भएका मजदुरहरुले पुजा गर्न थाले । सडक निर्माणको क्रममा नै पछि दाङ् कपिलवस्तु सिमानामा मन्दिर बनाइएको हो, जहा अहिले मन्दिर छ । अहिले उकालो बाटोमा यात्रा गर्न नसक्ने मानीसहरु धानखोलाको शिव मन्दिरमा नै दर्शन गरी आत्मा सन्तुष्टि लिने गरेका छन । प्रत्यक बर्ष शिवरात्री मा लाग्ने मेलापनि शिवगढी र धानखोला दुवै स्थानमा लाग्ने गर्दछ ।
भालुबाङ क्षेत्रको भूगोलमा बिकासका संभाबना धेरै छन । तर ति सबै ओझेलमा परेका छन भन्दा पनि हुन्छ । राप्तीको एउटा क्षेत्रको ब्यापारी केन्द्रमा बिकास हुन थालेको भालुबाङ क्षेत्रका प्राकृतिक र ऐतिहासिक सम्पदाहरुको पहिचान एवं संरक्षण गरी ग्रामीण पर्यटनको बिकास गर्न पर्दछ । यसको लागी होमस्टेको अवधारण ल्याउन जरुरी छ । ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई स्थानीय कलासंस्कृति, रीतिरिवाज तथा परम्परा र रहनसहनको उत्कृष्ठ अनुभव देखाउन सकिन्छ । ग्रामीण पर्यटन क्षेत्रको बिकासले ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न यसले सहयोग पुग्दछ । गाउँमा आउने पर्यटकलाई मनोरञ्जन र जानकारी दिन स्थानीय कला संस्कृति झल्कने किसिमका कार्यक्रम होमस्टे सञ्चालन भएपछि पर्यटनहरुलाई देखाउन सकिन्छ ।
मिति ः– २७१ कार्तिक ३ गते दाङ