भालुवाङलाई राजधानी बनाउने निर्णयको ईस्तियाक राईद्धारा स्वागत, संसदबाट पारित हुने बिश्वास


नेपालगन्ज १७ असोज :  समाजवादी पार्टीका शक्तिशाली नेता एवं प्रतिनिधिसभाका सांसद मोहमद ईस्तियाक राईले भालुवाङलाई प्रदेश राजधानी तोक्ने प्रदेश मन्त्रिपरिषद बैठकको निर्णयलाई स्वागत गरेका छन् । उनले संसदबाट दुईतिहाई मतले पारित होस् भन्दै शुभकामना दिएका छन् ।

‘राजधानीका विषयमा बाँकेलाई वाईपास गरिएको अवस्थामा सबैलाई पायक पर्ने गरी राजधानी तोक्नुपर्छ भनेका हौं ।’

पूर्वमन्त्री समेत रहेका राईले भने–‘अहिले भालुवाङलाई राजधानी बनाउने गरी गरिएको निर्णयलाई म स्वागत गर्छु र संसदमा दुईतिहाई मतले पारित होस् भन्ने शुभकामना दिन्छु ।’

सांसद राईले प्रदेशको मुख्य प्रशासनिक भवन भालुवाङमा रहने भएपनि अन्य प्रशासनिक कार्यालय बाँके र रुपन्देहि लगायतका ठाउँमा राख्नुपर्ने मत प्रकट गरेका छन् । संघीयता कार्यान्वयनमा रहेका छिमेकी मूलक भारतमा समेत यस्ता अभ्यास रहेको उदाहरण दिदै राईले प्रशासनिक भवन बिकेन्द्रिकरण गर्न सकिने बताए ।


नेपाली काँग्रेस प्रदेश नं. ५ का मुख्य सचेतक एवं बाँकेका प्रदेश सांसद सुरेन्द्र हमालले भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति नरहेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मितिः     १७ आश्विन २०७७, शनिबार ११:०४  |
error: Content is protected !!