राजधानीको निर्णयले प्रदेशका सबै जिल्लाका जनताको भावना सम्बोधन गरेको छ-अशोक कोइराला


नेपालगन्ज १७ असोज :  नेकपा बाँकेका सचिव अशोक कोइरालाले बाँके र बर्दियाका जनतालाई पायक पर्ने गरी प्रदेश सरकारले राजधानी तोकेकोमा धन्यवाद दिएका छन् ।

नेता बिशेषका आधारमा नभई जनताको भावना बुझेर राजधानी तोकेको कोइरालाको निष्कर्ष छ । राज्यको पुर्नसंरचना गर्दा फित्ता नापेर राजधानी तोक्नुपर्छ भन्ने त होइन ।

तर सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नै पर्ने थियो । त्यो काम गरेकोमा मुख्यमन्त्री, मन्त्रीलाई धन्यवाद दिन चाहान्छु । अब प्रदेश सभाबाट पनि माननीय सांसदहरुले सर्बसम्मतले यो निर्णय पारित गराउनुहुने छ ।- कोइरालाले भने ।

नेता बिशेषको स्वार्थमा जथभावि अस्थायी राजधानी तोक्ने नेपाली काँग्रेस नेतृत्वको सरकारको गलत निर्णय यतिबेला सच्चाइएको कोइरालाले बताए ।

भालुवांगमा राजधानी तोक्दा कसैलाई मर्का नपर्ने बताउँदै कोइरालाले त्यसमा आपत्ती जनाउन आवश्यक नरहेको जनाए । कोइरालाले हालको प्रदेश ५ लाई सामुहिक भावनाबाट सफल र उत्कृष्ट बनाउन अहिले तोकिएको राजधानी कार्यान्वयनमा आउनुपर्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मितिः     १७ आश्विन २०७७, शनिबार १३:१८  |