नेपालगन्ज १८ असोज : कोरोनाका जटिल विरामीलाई बाँकेका अस्पतालमा ल्याएर त्यसै छाडिदिने घटना बढ्न थालेका छन् ।
यस्तो कार्यले बिरामीको ज्यान जोखिममा परेको छ भने संक्रमणको जोखिम समेत बढाएको छ ।
सुर्खेत प्रादेशिक अस्पतालबाट शिक्षण अस्पताल कोहलपुरकोरोना संक्रमण भई अपरेसनका लागि पठाईएको बिरामीलाई त्यस्तै अस्पतालमा छाडिएको अवस्थामा भेटियो ।
न कुनै प्रेषण पुर्जा छ न कुनै समन्वय अवस्था रहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
अलपत्र तरिकाले गम्भीर बिरामी रातको ११ : ३० बजे अस्पताल बाहिर बेवारिसे छोडेर गाडी छाडिएको थियो ।