मध्यरातमा कोरोना संक्रमितलाई अस्पताल अगाडी अलपत्र छाडेर गाडी भाग्यो


नेपालगन्ज १८ असोज :  कोरोनाका जटिल विरामीलाई बाँकेका अस्पतालमा ल्याएर त्यसै छाडिदिने घटना बढ्न थालेका छन् ।

यस्तो कार्यले बिरामीको ज्यान जोखिममा परेको छ भने संक्रमणको जोखिम समेत बढाएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालबाट शिक्षण अस्पताल कोहलपुरकोरोना संक्रमण भई अपरेसनका लागि पठाईएको बिरामीलाई त्यस्तै अस्पतालमा छाडिएको अवस्थामा भेटियो ।

न कुनै प्रेषण पुर्जा छ न कुनै समन्वय अवस्था रहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अलपत्र तरिकाले गम्भीर बिरामी रातको ११ : ३० बजे अस्पताल बाहिर बेवारिसे छोडेर गाडी छाडिएको थियो ।

 

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार ०७:३३  |
error: Content is protected !!