नौवस्ता औद्योगिक क्षेत्र बन्न नदिने षडयन्त्र, तीन सय व्यवसायीको आवेदन त्यसै थन्कियो


नेपालगन्ज १८ असोज :  पश्चिमकै ठूलो र पूर्वाधार सम्पन्न नौवस्ता औद्योगिक क्षेत्र बन्ने अशामा तीन सय उद्योगीले उद्योग सन्चालनका लागि आवेदन दिए ।

आवेदन दिएको महिनौ बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि उनीहरु रुष्ट बनेका छन् । उद्योग खोल्ने योजना चकानाचुर भएको छ भने कतिले ठाउँको बिकल्प खोजिसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले सरोकारावाल निकायका अगुवाहरुसंग आवेदन दिएका उद्योगीले कहिलेबाट उद्योग खोल्न भन्दै प्रश्न तेर्साउँदै आएका छन् ।

तर बस्ति बिस्तार गर्नेसम्मको हिम्मत देखाउन नसकेको सरोकारवाला पक्षले निजीक्षेत्रको उक्त प्रश्नको उत्तर अहिलेसम्म दिन सकेको छैन । बाँकेको आर्थिक क्षेत्रकै रुपान्तरण हुने अपेक्षा सहित प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्र बन्ने नदिने षडयन्त्र शुरु भएको छ ।

कतिसम्म भने अहिले त नौवस्ता औद्योगिक क्षेत्र अन्यत्र सर्ने भन्नेसम्मका हल्ला चल्न थालेका छन् । तर औद्योगिक क्षेत्र नै सर्ने नसक्ने भए पनि तत्काल निर्माणको काम शुरु गर्न भने मुस्किल पर्ने देखिएको छ ।

बस्ति बिस्तार नभएसम्म पूर्वाधार निर्माणको काम शुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम शुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रका जनता सम्झाउँन लागेको बताउँदै आउका छन् ।

स्थानीय जनतादेखि जनप्रतिनिधिहरु आफुहरु नौवस्ता औद्योगिक क्षेत्रको पक्षमा रहेको बताउँछन् ।

तर पनि बस्ति बिस्तारको काम यतिका समय बित्दा समेत सकिएको छ । कतै षडयन्त्रको सिकार भएर नौवस्ता औद्योगिक क्षेत्र सपनामै सीमित हुने होकी भन्ने चिन्ता र चासो बढ्न थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले कुनै पनि हालतमा नौवस्ता औद्योगिक क्षेत्र बन्नुपर्ने बताए ।

तत्कालिन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतमा भएको छलफल पछि अवरोध हटाउनका लागि एक प्राबिधिक समिती गठन गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुवाङको अध्यक्षता गठित समितीले छिटै परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता समेत जनाएको भएपनि त्यसले ठोस नतिजा दिएन  ।

औधोगिक क्षेत्रको डिपिआर गरेको क्षेत्र भित्र ६४ ओटा घरहरु रहेको भन्दै ति घरहरुलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्न प्राबिधिक समितीले तत्काल काम गर्ने प्रजिअ कुरुम्वाङले त्यसबेला नै बताएका थिए । उनले ३ महिना भित्र बस्ती स्थानान्तरणको काम पुर्ण रुपमा सक्ने गरि आफ्नो नेतृत्वको समितीले काम गरि सक्ने बताए ।

कार्यक्रममा बोल्दै संघिय सांसद महेश्वर गहतराज अथकले बाँकेको ड्रिम प्रोजेक्टका रुपमा रहेको नौवस्ता औधोगिक क्षेत्रमा पुर्वाधार निर्माणका काम सुरु गर्न आग्रह गरेका छन्  ।

उनले डिपिआर गरिएको क्षेत्रमा भएका समस्या समाधान गर्न बाँके बासी एक जुट भएर लाग्नु पर्ने बताए । उनले बिभिन्न बहानामा औधोगिक क्षेत्र निर्माणको कम अन्यत्र सरिए बाँके र बर्दिया बासी एक भएर आन्दोलन गर्न पछि नपर्ने धारणा राखे ।

उनले सो क्षेत्रमा हाल रहेको ३ सय ३८ बिगाह क्षेत्र बढाएर १ हजार बिगाह पुर्याउन सकिने आधारहरु रहेको दाबि गरे ।

संघिय सांसद नन्द लाल रोकायले औधोगिक क्षेत्र निर्माणका लागी बाँके बासी एक भएको भन्दै निर्माण पक्रिया सुरु गर्न माग गरे ।

कार्यक्रममा औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडिका अध्यक्ष नन्द किसोर बस्नेतले नौवस्ता औधोगिक क्षेत्रका लागि ६० करोड बढी बजेट बिनियोजन भैईसकेको बताउँदै डिपीआर गरिएको क्षेत्र भित्र रहेका बस्तीका कारण टेण्डर पक्रिया हुन नसकेको बताएका थिए ।

प्रकाशित मितिः     १८ आश्विन २०७७, आईतवार १८:०८  |