नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु नहुँदा निजीक्षेत्र निरास बनेको छ : कृष्णप्रसाद श्रेष्ठ


नेपालगन्ज २० असोज : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम तत्काल शुरु गर्न माग गरेका छन् ।

बस्ति बिस्तारका नाममा झुलाएर वर्षौ बित्दा समेत औद्योगिक क्षेत्र बन्न नदिनु दुःखद भएको श्रेष्ठले बताए ।

उनी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदादेखि नै नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि दवाव दिन सक्रिय हुँदै आएका छन् । पाँच वर्ष बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधारको काम नहुँदा निजीक्षेत्र हतोत्साहित बनेको श्रेष्ठले बताए ।

उनले भने,- हामी बाँकेलाई औद्योगिक राजधानी बनाउने भन्छौ तर एउटा औद्योगिक क्षेत्रको काम समेत शुरु गर्न सक्दैनौ । यो हाम्रा लागि दुर्भाग्यपूर्ण कुरा हो ।

केन्द्रीय सदस्य श्रेष्ठले जुनसुकै कारण भए पनि औद्योगिक क्षेत्रको काम शुरु हुन नसक्नु बाँकेका लागि राम्रो नभएको बताउँछन् । नौवस्ता औद्योगिक क्षेत्र बनेपछि उद्योग खोल्ने भन्दै प्रस्ताव पठाएका तीन सय उद्योगी निरास बनेको जानकारी दिए ।

नौवस्ता औद्योगिक क्षेत्र पश्चिमकै आर्थिक विकासमा गेम चेन्जर सावित हुने भएपनि निर्माणमा कसैले चासो नदिनु दुुःख भएको उनले बताए ।

नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम नहुँदा सरोकारवाला निकाय निरास बन्दै गएका छन् । बस्ति बिस्तारको व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणको काम शुरु हुन सकेको छैन ।

नौवस्ता औद्योगिक क्षेत्र बन्न नदिने षडयन्त्र, तीन सय व्यवसायीको आवेदन त्यसै थन्कियो

प्रकाशित मितिः     २० आश्विन २०७७, मंगलवार १०:५९  |