नेपालगन्ज २० असोज : प्रदेश नंं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियालाई पश्चिमको गेटवे र हरित क्रान्तिको नेतृत्व गर्ने बनाउने बताएका छन् ।
प्रदेशको नाम र राजधानी सम्बन्धमा निर्णय गर्न अहिले चलिरहेको संसद बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाले अब हरित क्रान्तिको नेतृत्व गर्ने बताएका हुन ।
उनले पश्चिमको गेटवेका रुपमा नेपालगन्जलाई विकास गर्न लागिपरेको पनि बताए ।
उनले प्रदेश नं. मात्र नभई समग्र देशमा बाँके र बर्दियाले कृषि क्रान्तिको नेतृत्व गर्ने गरी कार्य अगाडी बढेको जनाए ।
उनले पश्चिमको गेटवेका रुपमा थप विकास गर्न लागिपरेको भन्दै यहाँका नागरिकलाई आश्वस्त पार्ने काम गरेका छन् ।