ठाकुरद्धारामा तयार भयो ‘ट्री–हाउस’, शुल्क तिरेर पर्यटक बास बस्न सक्ने


नेपालगन्ज २० असोज :  त्यसो त बर्दियाको ठाकुरद्धारा पर्यटन क्षेत्रमा बिश्वमै चिनिएको छ ।

त्यहाँ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न बिश्वभरका पर्यटन आउने गर्छन ।

निकुन्ज मात्र होइन होमस्टेमा समेत बर्दिया उस्तै चर्चित छ । ठाकुरद्धारामा लकडाउनकाबीच पर्यटकका लागि नयाँ आर्कषण थपिएको छ ।

ठाकुरबाबा नगरपलिका वडा नं. ९ स्थित वानुगाउँ मध्यवर्ती सामुदायिक वनमा नगरपालिकाको आर्थिक सहयोगमा पर्यटकलाई लोभ्याउने ट्री–हाउसको निर्माणको काम सम्पन्न भएको छ ।


पर्या पर्यटन विकास मन्च ठाकुरद्धाराका अध्यक्ष कृष्ण भट्टराईका अनुसार निर्माणको काम सम्पन्न भइसकेकाले पर्यटकका लागि खुल्ला गरिदै छ ।

त्यहाँ बास बस्न चाहाने बिदेशी पर्यटकले प्रति व्यक्ति ७ सय ५० रुपैया र नेपालीले ५ सय बुझाउनुपर्ने छ । सीमलको रुखमा बनेको आर्कषक घरमा दुईवटा कोठा छन् । चर्पी माथि नै छ ।

उक्त घरमा बसेर जगलका दृश्य र वन्यजन्तु देख्न सकिन्छ ।

 

प्रकाशित मितिः     २० आश्विन २०७७, मंगलवार २०:१६  |
error: Content is protected !!