भेरीमा डायलासिस विस्तार


नेपालगन्ज :  भेरी अस्पतालमा डायलासिस सेवाको दायरा विस्तार भैरहेको छ । दुईवटा मेशिनको भरमा चलेको डायलासिस युनिटको क्षमता विस्तार गरिएको छ ।

अस्पतालमा रहेको डायलासिसि युनिट इन्चार्ज डाक्टर पारस श्रेष्ठका अनुसार अब यहाँ चारवटा मेशिन जडान गरिने छन् । जसमा तीनवटा नियमित चल्ने छन । एउटा कोभिडका लागि स्टक राखिने भएको छ ।

डायलासिस युनिटमा दुईवटा मेशिन थपिएपछि अहिलेको तुलनामा दोब्बर विरामीले सहज रूपमा उपचार पाउने डाक्टर श्रेष्ठ बताउछन् ।

अहिले सञ्चालनमा रहेका दुईवटा मेशिनबाट हप्तामा १२ जना किड्नीका विरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् ।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १२:००  |