‘प्रदेशसभाबाट पारित र राजपत्रमा लेखिएको विषय एउटै हो,भ्रममा नपरौं’


स्केच : अनलाइनखबरबाट

नेपालगन्ज २२ असोज :  लुम्विनी प्रदेको राजधानी भालुवाङ्ग की देउखुरी भन्ने विवादमा अनावश्यक आशंका र भ्रम नपाल्न अनुरोध गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले राजपत्रमा राप्ती उपत्यका प्रष्ट लेखिएकोले अन्य आशंका र भ्रम नपाल्न अनुरोध गरेका छन् ।

सामाजिक सन्जाल मार्फत केसीले राजधानी विषयलाई यसरी प्रष्ट पारेका छन्,-

प्रदेश सरकारको प्रस्ताव अनुसार दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारको मैदानी भाग (राप्ती उपत्यका) देउखुरीलाई प्रदेशको राजधानी बनाउने प्रदेश सभाले पारित गरेको हो ।

प्रदेशसभाले पारित गरेको यो विषय सबैका सामु छर्लङ्ग छ । राजपत्रमा राप्ती उपत्यका प्रष्ट लेखिएकोले अन्य आशंका र भ्रम नपालौं । प्रदेशसभाबाट पारित विषय र राजपत्रमा लेखिएको विषय एउटै हो । कोही भ्रममा नपरौं ।

गुरुयोजना निमार्ण गरेर मात्रै आवश्यक पूर्वाधारका काम अघि बढाउनका लागि सहजताका लागि राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ र शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाट मन्त्रिपरिषदको बैठकले यस अघि नै रोक लगाइसकेको छ ।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १२:४५  |