७ बोरा छोकडा सहित १३ बोरा केराउ प्रहरी नियन्त्रणमा


नेपालगन्ज । बाँकेको डुडुवा गाउपालिका १ पिप्रहवामा प्रहरीले ७ बोरा छोकडा सहित १३ बोरा केराउ नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा भन्सार छली भारत लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।


प्रहरीले बरामद गरेको छोकडा र केराउ नेपालगन्ज भन्सार कार्यालय पठाएको छ ।

सो घटनामा डुडुवा- २ का ३० बर्षिय सलिम नाउ, २३ बर्षिय महेमद हुसेन, २३ बर्षिय अजमत अली, २४ बर्षिय ओमप्रकाश बानिया र ३० बर्षिय रमेश कुमार यादवको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १८:५१  |
error: Content is protected !!