भेरीका कर्मचारीलाई घुस दिएको आरोपमा अख्तियारले ११ जना व्यवसायी बिरुद्ध पनि मुद्दा चलायो


नेपालगन्ज २२ असोज :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत सहित १५ जना विरूद्ध बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ । जसमा अस्पतालका कर्मचारीदेखि सामान खरिदका क्रममा कमिशन दिने ११ फर्मका सन्चालक समेत छन् ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रूपैयाँ अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट लाख १३ हजार ७० बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्तहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०० तथा दफा ६ बमोजिमको कसुर गरेको स९प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १० को खण्ड ९च० बमोजिम सजाय हुन र बरामद नगद १६ लाख १३ हजार ९ सय ७५ बिगो छ ।

यसैगरी बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका एक लाख छैसठ्ठी हजार मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम जफत हुन र अपुग बिगो एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे सोही ऐनको दफा ३ को उपदफा १० बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२२ गते।
—————————————–
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९,१३,०७०।–(उन्नाईस लाख तेह्र हजार सत्तरी) बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो रु.१९,१३,०७०।- (उन्नाईस लाख तेह्र हजार सत्तरी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद रु.१६,१३,९७५।- (सोह्र लाख तेह्र हजार नौ सय पचहतर), बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका रू.१,६६,५००।- (एक लाख छैसठ्ठी हजार) मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो रु.१,३२,५९५।–(एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।
साथै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीलाई निम्न संचालकहरुले घुस/रिसवत उपलब्ध गराएको देखिंदा देहायनुसारको कसूरमा सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
निम्न:
सि.नं. नामथर कार्यालय बिगो रु.  कसुर तथा सजायको मागदाबी
संचालक/  व्यवस्थापन साहिद हुसैन हलवाई  नेपाल स्टोर नेपालगञ्ज  रु.२०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी श्री लुम्विनी स्टेसनरी नेपालगञ्ज रु.४५,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
 संचालक/ व्यवस्थापन दिपेन्द्र अग्रवाल श्री कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंज  रु.३६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी  श्री हनुमत  स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्ज  रु.९९,६००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन सुदिप रिजाल रिजाल  ईन्फोसिस बाँके खजुरा रु.६०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
 संचालक/ व्यवस्थापन ईजामुद्दिन खाँ रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्ज रु.६०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन अब्दुल अली अन्सारी  रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्ज  रु.५६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन पंकज कुमार श्रेष्ठ अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्ज रु.६१,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन ज्ञान बहादुर वली बागेश्वरी विज्ञापन सेवा नेपालगञ्ज  रु. ९६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
१० संचालक/ व्यवस्थापन कमालुद्दिन मुकेरी न्यु निजाम स्टोर नेपालगञ्ज  रु.१,६१,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।
११ संचालक/ व्यवस्थापन अबनिश कुमार अग्रवाल ओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्ज रु.१,१८,६००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १७:५२  |