नेपालगन्ज २६ असोज : बाँके र बर्दियामा ठूलो मात्रामा ओखर र छोहडाको तस्करी हुने गरेको खुलेको छ ।
तेस्रोमुलकबाट नेपालमा विक्री गर्ने उदेश्यले ल्याएको छोहडा र सुपारी सीमावर्ती चोरी नाका हुँदै भारतमा जाने गरेको छ भने ओखर भारतबाट भित्रिने गरेको छ ।
ठुलै व्यवसायीको संलग्नतामा तस्करी हुने गरे पनि प्रहरीले भने तस्करीमा प्रयोग भएका मान्छे र सामान मात्र बरामद गर्दै आएको छ ।
जसले गर्दा तस्करी रोकिएको छैन ।
बाँके र बर्दियामा ओखर र छोहडाको तस्करी कुन हदसम्म हुन्छ भन्ने त राजापुर भन्सार कार्यालयले हालै प्रकाशन गरेको लिलाम सम्बन्धी एउटा सूचनालाई आधार माने छ ।
राजापुर भन्सारले असोज १५ गते ठूलो परिणाममा ओखर छोहडाको लिलाम सम्बन्धी सूचना जारी गरेको छ ।
९ हजार ८ सय ८२ किलोग्राम ओखर र छोहडा २ हजार ९ सय ५ किलोग्राम बरामद गरी लिलामीमा चढाइएको छ ।
जसको न्यूनतम मूल्य नै ४४ लाख ६९ हजार ९ सय ९० रुपैया राखिएको छ ।
बाँके प्रहरीले समेत छोहडा र ओखर बरामद गर्दै आएको छ । केही दिन अघि डुडुवा गाउँपालिका पिप्रहवा स्थित अबैध रुपमा भन्सार छलि नेपालबाट भारत लैजादै गरेको ३ सय ५० किलो छोकडा सहित केही व्यक्तिलाई पक्राउ गरिएको थियो ।