घर र पसलका लागि नेपालगन्जदेखि नरैनापुर केराउ लैजान समेत अवरोध, प्रदेशसभामा उठ्यो मुद्दा


नेपालगन्ज २६ असोज :  नरैनापुरमा स्थानीयले केराउका नाममा आफुहरुलाई दुःख दिन थालिएको बताएका छन् ।

घर र पसलको प्रयोजनका लागि नेपालगन्जदेखि नरैनापुरमा लैजादा बाटोमै प्रहरीले तस्करीको भन्दै बरामद गर्न थालेपछि स्थानीय असन्तुष्ट छन् । तस्करीको केराउ रोक्नुपर्नेमा उनीहरुको बिपत्ती भने छैन ।

तर घरायासी र आफ्नै ठाउँभित्र बैधानिक तरिकाले बेच्न लैजादा समेत तस्करीको आरोपमा बरामद गर्ने गरिएको प्रति उनीहरुले असन्तुष्टि पोखेका हुन ।

स्थानीयको यस्तो मर्का लुम्बिनी प्रदेशको प्रदेशसभामा समेत उठेको छ ।

बाँकेका प्रदेश सांसद बिजय यादवले तेस्रो मुलकबाट आयात गरिएको सामान गोदामसम्म लैजाने अवस्था अन्त्य गर्न खोजिएको भन्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

उनले घरायासी र पसलका लागि लैजान लागेको केराउ प्रहरीले बरामद गरेर लिलाम गर्न खोजिएको बताए ।

लाइसेन्स हुँदाहुँदै समेत कारवाही गरिएको यादवको भनाई छ ।

भन्सार चोरीको सामान बरामद गर्नुपर्ने भएपनि व्यक्तिगत प्रयोगजनका लागि लैजान लागेको सामाग्री बरामद गर्न नहुने उनको भनाई छ ।

प्रकाशित मितिः     २६ आश्विन २०७७, सोमबार १७:४७  |