नेपालगन्ज : बिरयानी– नेपालगन्जको बिशेष परिकार भित्र पर्छ । यसले नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीलाई समेत हुरुक्क पारेको छ ।
एकवर्ष अघि उनी एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका थिए । ठिक त्यही बेला राजदूत बेरी बिरयानीको स्वाद चाख्न मुवारक बिरयानीमा पुगेका थिए ।
बिरयानीमा बेग्लै पहिचान बनाउन सफल भएको मुवारक बिरयानीको स्वाद चाखेपछि उनको ‘दिल र दिमाग’मा नेपालगन्जको बिरयानी पर्दै आएको छ । परिकारको नाम लिदा नेपालगन्जको बिरयानीको नाम लिन छुटाउँदैनन् ।
त्यतिनै बेला उनी मुवारक बिरयानीमा गएर बिरयानीको स्वाद लिएको भिडियो अमेरिकी दूतावासको फेसबुक पेजमा शेयर गरिएको थियो । जसलाई लाखौले हेरेका थिए ।
राजदूत बेरीलाई नेपालगन्जको बिरयानीको स्वादको सम्झना आएको छ । सन्र्दभ हो, बिश्व खाद्य दिवशको । बिश्व खाद्य दिवशको अवसरमा शुभकामना दिदै उनले सामाजिक सन्जालमा यस्तो लेखेका छन्,–
बाहिर निस्केर चाख्ने खानेकुरामा तपाईंले सबैभन्दा बढी सम्झिने चीज के हो ?
राजदूत बेरीको लिस्ट यस्तो छ :
बौद्धको मम
नेपालगंजको विरयानी
जनकपूरको लस्सी
ईलामको छुर्पी
मुस्ताङको चिया
पाटनको बारा
यो लिस्टमा छुटेको केही छ भने वहाँलाई लिस्ट बनाउन सहयोग गर्नुहोस्, कमेन्ट बक्समा लेखिदिएर ।