सांसद ठम्मर विष्टको उदाहरणीय काम, दशैं खर्च फिर्ता गरे


  • रोमहर्ष ओली

गुर्भाकोट(सुुर्खेत) ४ कात्र्तिक :  कर्णाली प्रदेशका सांसद एवं नेकपाका नेता ठम्मर विष्टले दशैं खर्च फिर्ता गरेका छन् ।

कोभिड महामारी सल्किरहेको अवस्थामा बिरामी र नागरिकको स्वास्थ्य हेक्का नराखी चाडपर्व खर्च व्यवस्थापन गर्नु गलत भएको सांसद विष्टले बताए ।

संबिधानतःप्राप्त मौलिक अधिकारलाई ख्याल नैं नगरी ल्याइएको उक्त भत्ता रकम कोरोना सक्रमितको उपचारमा खर्च गर्ने गरी फिर्ता गरेको उनले बताए ।


जनतामा नकारात्मक प्रभाव पर्ने गरी ब्यबस्था गरिएको यस्तो रकमलाई संस्थागत रुपमानै कोभिड खर्च कोषमा स्थानान्तर गर्न कर्णाली प्रदेशसभा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन गराएका छन् ।

उनले एबं सबै तहका सचिवालय र सरकारहरु मार्फत बितरण गरिएको जनतामा नकारात्मक संदेश दिने यस्तो रकमलाई जनप्रतिनिधीहरुले ब्यक्तिगतरुपमा फिर्ता गर्ने कार्य सकारात्मक हुदाहुदै पनि बजेट बितरण गर्ने प्रणालीलाई तत्काल संस्थागत रुपमानैं खारेज गरी उक्त बजेटलाई एकमुष्ट कोरोना बिरामीको उपचारमा लगाउन बिशेष ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार ०७:५६  |
error: Content is protected !!