बिपन्नको उपचार निःशुल्क, अरुबाट नेपालगन्ज मेडिकल कलेजले लिने छ यस्तो शुल्क


नेपालगन्ज ५ कात्र्तिक :  सरकारले खर्च धान्न सक्ने कोरोना संक्रमित बिरामीले उपचार खर्च आफै व्यहोर्ने निर्णय गरेपछि नेपालगन्ज मेडिकल कलेजले त्यस्तो शुल्क निर्धारण गरेको छ ।

अब उक्त अस्पतालमा भर्ना हुने कोरोना संक्रमितले शुल्क बुझाउनुपर्नेछ । तर सरकारले तोकेको निःशुल्कको मापदण्डमा पर्ने सर्वसाधारणका हकमा भने उपचार निःशुल्क नै हुने अस्पतालले जनाएको छ ।

तर त्यसका लागि एकल महिला, अपांग, असहायको प्रमाणपत्र वा सिफारिस अनिवार्य हुने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेश कनोडियाले जारी गरेको सर्कुलरमा अस्पतालका कर्मचारीको उपचार पनि अब वीमाबाट सोधभर्ना गरिने भएको छ ।

सबै कर्मचारीको वीमा भएकाले सोही वापत आउने रकमबाट सोधभर्ना गरिन लागिएको छ । अस्पतालका अनुसार सरकारले निःशुल्क उपचार गर्ने भनेर तोकेको व्यक्ति बाहेक अन्यका लागि खाना सहित प्रति कोभिड बेड १५ सय र क्याविनका लागि रु २५ सय शुल्क तिर्नुपर्नेछ । आईसियु खर्च थप हुने छ ।

 

प्रकाशित मितिः     ५ कार्तिक २०७७, बुधबार ०९:२७  |