बाँके/ बर्दियाका किसानको प्रश्न- सरकार ! डिडिसीले दूध किनेन, अब कहाँ बेच्ने ?


नेपालगन्ज ५ कात्र्तिक ;  सरकारी स्वामित्वको दूग्ध विकास संस्थान नेपालगन्ज आयोजना कार्यालयले यस क्षेत्रका किसानले उत्पादन गरेको दूध किन्न बन्द गरेपछि दूध फाल्नुपर्ने अवस्था आएको छ । दुग्ध विकास संस्थानको केन्द्रीय निर्णय भन्दै मंगलवारदेखि दूध संकलन बन्द गरिएको हो ।

मंगलवारदेखि लागु हुने गरी आगामी मंसिर ४ गतेसम्म दुध संकलन नहुने भन्दै आयोजनाका प्रमुख योगेन्द्र शाहले दुग्ध उत्पादन सहकारीलाई पत्र पठाएका छन् । उक्त पत्र पाएपछि दुग्ध उत्पादक कृषक तनावमा छन् ।

किसान रुवाउने डिडिसीको निर्णय–‘एक महिनासम्म एक थोपा दूध किन्दैनौ’


बैजनाथ गाउँपालिकास्थित वनकटुवा दुग्ध उत्पादक कृषक सहकारीका व्यवस्थापक दिपक कार्कीले दुग्ध विकास संस्थानले दुध नलिने भएपछि आफुहरु तनावमा रहेको बताए । अब दूधको व्यवस्था कहाँ गर्ने भन्ने चिन्ता कृषकलाई छ ।

एक महिनासम्म दुधको व्यवस्थापन गर्न नसकिने भएकाले दुध त्यसै फाल्नुपर्ने अवस्था आएको कृषकहरु बताउँछन् ।

बाँके लगायत बिभिन्न जिल्लामा कृषकहरुको लाखौ लिटर दुध दुग्ध विकास संस्थानले खरिद गर्दै आएको ती कृषकहरुलाई रुवाउने गरी दुग्ध विकास संस्थानले गरेको निर्णयले कृषकहरुलाई स्तब्ध बनाएको छ ।

महादेवपुरी दुध उत्पादक सहकारी संस्थाका व्यवस्थापक भागिराम डाँगीले दूधको व्यवसथापन चुनौतीपूर्ण बनेको बताए ।

प्रकाशित मितिः     ५ कार्तिक २०७७, बुधबार ०९:५३  |
error: Content is protected !!