दुर्गा प्रसाईले मार्सी बियरमा दश अर्व लगानी गरे


काठमाडौं । बियर पारखीहरूका लागि नेपाली बजारमा नयाँ बियर आउने भएको छ । कर्णाली क्षेत्रमा पाइने चर्चित मार्सी चामलको प्रयोग गरी मार्सी ब्राण्डमा आगामी पुस भित्रमा बियर बजारमा आउने भएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रर्साईंको लगानीमा सो बियर बजारमा ल्याउन थालेका हुन् । उनले टेन्सबर्ग बियर उत्पादन गर्दै आएको टाइगर ब्रुअरी कम्पनी ४ अर्ब रुपैयाँमा खरिद गरी मार्सी बियर ल्याउन लागेका हुन् ।

टाइगर ब्रुअरीमार्फत नै प्रसाईंले मार्सी बियर उत्पादन हुनेछ । बियरमा अहिले प्रसाईको ५५ प्रतिशत र तेजेन्द्र खड्का समूहको ४५ प्रतिशत सेयर रहेको छ ।

दैनिक २ लाख बोतल बियर उत्पादन हुनेछ । मार्सीले प्रिमियम र स्ट्रङ दुबई थरीको बियर बजारमा ल्याउने जनाएको छ । ३५० एमएल र ७०० एमएलको गरी दुईवटा बोतल र क्यानमा पनि यो बियर उपलब्ध हुनेछ । बियरको न्यूनतम मूल्य २८० रुपैयाँ राखिएको छ ।

‘एसियाकै उत्कष्ट बियर बनाउने गरी हामी लागिरहेका छौं, बियर उद्योगका सञ्चालक प्रसाईंले भने स्वदेशी लगानीकर्ताहरूले स्वदेशी उत्पादन हो ।’ अरु बियरको नाफा विदेशमा जाने र आफ्नो बियरको नाफा भने नेपालमै रहने भएकाले पनि अरुभन्दा पृथक रहने उनको दाबी छ ।

बियरमा ७० प्रतिशत जहुँ र ३० प्रतिशत चामल प्रयोग हुन्छ । यसमा प्रयोग हुने चामलको खुदी कर्णालीमा उत्पादन हुने मार्सी चामल प्रयोग गर्न थालिएको जनाएको छ ।

उच्च हिमालयको फेदमा उत्पादन हुने चामल प्रयोग गरिने भएकाले जडिबुटीयुक्त बियर हँुँदा सबैले मन पराउने विश्वास उनले लिएका छन् ।

‘अहिलेसम्म वियरमा ३० रुपैयाँ किलोको खुदी प्रयोग गरिरहेको छ, हामी १ सय ५० रुपैयाँ किलोको मार्सी चामल हालेर बनाउने भएकाले गुणस्तरमा समेत अगाडि रहने छौं,’ उनले भने ।

बियरको मुख्य उद्योग भैरहवामा रहेको छ । यसले अहिले उत्पादन सुरु गरिसकेको छ । पुरानै उद्योग भएकोले धेरै मेसिनहरू नचाहिने भए पनि मार्सी चामलका लागि नयाँ उपकरणहरू जर्मनबाट ल्याएर फिटिङको काम गरिरहेको सञ्चालक प्रसाईंले जानकारी दिए ।

बियरलाई भारतको दार्जलिङदेखि बिहारसम्म बजार विस्तार गर्ने योजना बनाएको छ । ४ अर्ब लगानीबाट बढाएर १० अर्बसम्म लगानी बढाउने योजना रहेको बताइएको छ । झापाको मेचीदेखि सुदूरपश्चिमसम्म बियरको उद्योग फैलाएर देश–विदेशमा समेत आयात गर्ने योजना आफ्नो रहेको बताए ।

कर्णालीमा उत्पादन भएका सबै चामलहरू आफ्नो कम्पनीले प्रयोग गर्ने भएकाले त्यहाँका मानिसहरूको जीवनस्तरमा समेत सुधार आउने अपेक्षा उनले लिएका छन् ।

अहिले उनको उद्योगमा भैरहवामा ३ सय जना र काठमाडौं १५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । अब मार्सी ब्राण्ड आएपछि १ हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाउने बताए ।

‘गत वर्ष टाइगर ब्रुअरीले साढे ३ अर्ब रुपैयाँ ट्याक्स बुझाएको थियो भने अवको वर्षमा १० अर्ब रुपैयाँ राज्यलाई ट्याक्स बुझाउने सोचका साथ काम गरिरहेको छ,’ प्रसाईंले भने ।

प्रकाशित मितिः     ७ कार्तिक २०७७, शुक्रबार १०:१४  |