कर्णालीका मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव बहुमतद्धारा अस्वीकृत


सुर्खेत ७ कात्र्तिक :  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ। बुधबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत जाहेर गरेका थिए।

असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। ‘संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्ताव महुमतद्वारा अस्वीकृत भएको छ,’ प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘बैठकमा उपस्थित १८ जना माननीय सांसदहरुले दलका नेता शाहीको पक्षमा मत जाहेर गर्नुभएको छ।’

नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन्। ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए। सुर्खेतमै रहेर पनि कँडेल समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा भने दलको बैठकमा उपस्थित भएनन्। यस्तै अविश्वासको प्रस्ताव दर्ता गराएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, कौशिलावती खत्री, राजु नेपाली, खड्कबहादुर खत्री र बद्मी क्वारी बोहोरा उपस्थित भएनन्। यस्तै प्रचण्ड समूहका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी र पुष्पा घर्ती (विष्ट) (उपसभामुख_ पनि बैठकमा उपस्थित थिएनन्।

संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीका पक्षमा साविक माओवादी केन्द्रका १० जना र नेपाल समूहका आठ जना उपस्थित थिए। ओली समूहका यामलाल कँडेल, मीनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, कौशिलावती खत्री, राजु नेपाली, खड्कबहादुर खत्री र बद्मी क्वारी बोहोरा उपस्थित भएनन्। यस्तै प्रचण्ड समूहका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी र पुष्पा घर्ती (विष्ट) (उपसभामुख) पनि बैठकमा उपस्थित थिएनन्।

यस्तै बैठकमा पूर्व माओवादीबाट मुख्यमन्त्री शाही, संसदीय दलका नेता नेपालीसँगै नरेश भण्डारी, विन्दमान विष्ट, वीरबहादुर शाही, गणेशप्रसाद सिंह, रातो कामी, गोपाल शर्मा, विमला केसी र कृष्णा शाह आचार्य उपस्थित थिए। यस्तै नेपाल समूहबाट आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रकाश ज्वाला, सचेतक कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापा, देवी ओली, पद्मा खड्का, कुर्मराज शाही, चन्द्रबहादुर शाही र करबीर शाहीको उपस्थिति रहेको थियो। नगेन्द्र उपाध्याय(नागरिक अनलाइनबाट)

प्रकाशित मितिः     ७ कार्तिक २०७७, शुक्रबार १२:३७  |