दशैंमा टिका थाप्ने बारेमा नेपालगन्जकी उपमेयरको यस्तो छ सुझाव


कोभिड-१९ को महामारीको बिचमा आईपुगेको नेपाली हरुको महान पर्व बडा दशैलाई यस वर्ष हामिले परिवारको बिचमा मात्र मनाउने निधो गरेका छौ ।

किनभने घरमा दिर्घ रोगी ८० वर्षीय बुवा र ७२ वर्षिय आमा हुनुहुन्छ भने म र मेरो ठुलो दिदि कोरोना संक्रमित भई घरमा होम अईसोलेसनमा छौ । तसर्थ हामी आफु पनि आफ्ना मान्यजनको हातबाट टिका थाप्न, आशीर्वाद लिन नजाने र हाम्रो घरमा पनि आउने आफन्तजनलाई नआउनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछौं । यो हाम्रो वाध्यता हो, कसैले पनि अन्यथा लिनु हुने छैन र म लगायत मेरो परिवार लाई क्षमा गर्नुहुनेछ ।

तपाईहरुको बडा दशै घरपरिवारको बिचमा रमाइलो होस । सम्पुर्णमा सु: ख, शान्ति र समृद्धिको कामना सहित बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मितिः     ९ कार्तिक २०७७, आईतवार १६:४९  |