नेपालगन्जका छतमा लटरम्म तरकारी फलाउने हो ? कृषि सोलुशनले गर्छ सहायता


नेपालगन्ज ११ कात्र्तिक :  घरको छतमा लटरम्म तरकारी फलाउने योजना बनाउनुभएको छ ? यदि छ भने तपाईलाई

नेपालगन्ज–१८कारकारदोस्थित कृषि सोलुसनले सहयोग गरिदिन्छ ।

कृषिमा स्नातकोत्तर गरेका केशव गैरे र कृषि नै पढेर बिभिन्न क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी पार्वती घिमिरे पौडेलले शुरु गरेको कृषि सोलुसनले थोपा सिचाई आयोजना, प्लाष्टिक घर, कृषि उपकरणको विक्री वितरणसंगै करेसावारी निर्माण गर्दै आएको छ ।

छत सानो होस् चाहे ठूलो ? सबैलाई हुने गरी कृषि सोलुसनका दक्ष प्राविधिकले छतमै करेसाबारी निर्माणमा सहयोग गर्छन ।

छतमा करेसावारी जथाभावी बनाउने गर्नाले नत उत्पादन राम्रो भएको छ भने छत नै आर्कषक देखिन्छ । तर कृषि सोलुसनले आर्कषक करेसावारी नै बनाइदिन थालेको छ । करेसावारीका लागि आवश्यक पर्ने सबै प्रकारका सामाग्री उसैले उपलब्ध गराइदिन्छ ।

कृषि क्षेत्रमै रहेर लामो समयदेखि काम गर्दै आएकी पार्वती पौडेल भन्छिन्–‘नेपालगन्जमा छतमै करेसावारी निर्माण गर्ने चलन ह्वात्तै बढेको छ । तर दक्ष प्राविधिकको सरसल्लाहमा गर्ने हो भने उत्पादन बढ्ने र करेसाबारी आर्कषक देखिने हुन्छ ।’

वडादेखि पालिकास्तरमा करेसावारी निर्माणको योजना धमाधम बन्दै छन् ।

त्यसमा समेत कृषि सोलुसनले सहायत गर्दै आएको छ । कृषि उत्पादनमा घरदेखि नै आत्मनिर्भर बनाउने गरी आफुहरुले काम गरिरहेको पौडेल बताउछिन् ।

 

प्रकाशित मितिः     ११ कार्तिक २०७७, मंगलवार ०८:१३  |