नेपालगन्जको क वर्गको जग्गा जसको न्यूनतम मूल्य नै ६८ लाख छ


नेपालगन्ज १३ कात्र्तिक :  बाँके जिल्लाको उप–महानगरपालिका, नगरपालिका र गाउ“पालिकाहरुको आव २०७७र०७८ को लागि जग्गाको लिखत रजिष्ट्रेशन पारित गर्दा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ ।

लुम्विनी प्रदेश घरजग्गा न्यूनतम मुल्य निर्धारण समिति (गठन तथा कार्य सन्चालन) आदेश, २०७६को दफा ३ बमोजिम गठित न्यूनतम मूल्याङ्कन समितिको असार २३ गते प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ अध्यक्षतामा बसेको बैठकबाट न्यूनतम मूल्य निर्धारण गरिएको भूमिसुधार तथा मालपोत कार्यालय, बांके प्रमुख प्रेम दौल्यायलले जानकारी दिए ।

सरकारी निकायले तोकेको न्यूनतम मूल्यभन्दा कयौं गुणा बढि मूल्यमा जग्गाको किनवेच हुन्छ । त्यसैले जग्गा सरकारी मूल्यांकन न्यूनतम मात्र हो । बाँकेमा सबैभन्दा महंगो जग्गा नेपालगन्ज उपमहानगरको रहेको छ ।

त्यसमा पनि क बर्गको जग्गा अधिक मूल्यावान रहेको छ । जसको न्यूनतम मूल्यांकन नै ६८ लाख ७७ हजार कायम गरिएको छ । न्यूनतम मूल्य नै यति भए पछि किनवेचको बास्तविक मूल्य यो भन्दा कयौं गुणा धेरै किनवेच भइरहेको छ ।

मुख्यगरी सुर्खेत क बर्गको सूचीमा पर्छ । कुन जग्गाको न्यूनतम मूल्य कति ? थाहा पाउन यो समाचारको लिंक क्लिक गर्नुहोस्

बाँकेको कुन ठाउँको जग्गाको न्यूनतम मुल्य कति ? हेर्नुहोस् बिस्तृत

 

 

प्रकाशित मितिः     १३ कार्तिक २०७७, बिहीबार ०८:०५  |