नेपालगन्ज। लुम्बिनी प्रदेशका कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीले कमाउँदै पढ्ने अवसर पाउने भएका छन्।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकसँग कृषि कार्यक्रम (पढ्दै कमाउँदै) अन्तर्गत एक करोड रुपैयाँ बजेट विनियोजन गर्दै सम्बन्धी क्याम्पसबाट आशयपत्र माग गरेको छ।
कृषि शिक्षा अध्ययन गराइरहेका विद्यालयलाई प्रति विद्यालय बढीमा १० लाख वा लागत सहभागिताको ५० प्रतिशत रकम अनुदान दिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
लुम्बिनी प्रदेशभित्र कृषि विषयमा जेटी, जेटीए, प्रवीणता वा स्नातक तह अध्ययन गराइरहेका विद्यालयले उक्त कार्यक्रमको लागि आवेदन गर्न सक्ने छन्।
आवेदकले मन्त्रालयको वेबसाइटबाट फारम डाउनलोड गरेर रीतपूर्वक निवेदन लेख्दै कृषि विकास निर्देशनालय बुटवल वा सम्बन्धित कृषि ज्ञान केन्द्रमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।