नेपालगन्ज १८ कात्र्तिक : लुम्विनी प्रदेशको चासो पछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रले पुर्नजीवन पाएको छ ।
१७ वर्षदेखि सञ्चालन नहुँदा वेवारिसे झै बनेको उक्त तालिम केन्द्र अब भने सन्चालनको अवस्था आइपुगेको छ । प्रदेश सरकाले प्रदेशस्तरीय कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने गरी काम अगाडी बढाएको छ । बजेट बिनियोजनसंगै काम अगाडी बढेको छ ।
सरकारी उदासिनताका कारण उक्त केन्द्र लामो समयदेखि प्रयोगमा आउन सकेको थिउन । प्रशिक्षण केन्द्रमा सुविधा सम्पन्न ३५ वटा भवन छन् । तर, लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेको भए पनि केही भवन भने पुर्ननिर्माण गरी चिटिक्क पारिएको छ । गत वर्ष नै प्रशिक्षण केन्द्रलाई पुर्नरुपमा सन्चालन गर्ने योजना बने पनि भने जस्तो भएन ।
तत्कालिन मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिनका लागि सरकारले स्थापना गरेको उक्त केन्द्र तत्कालिन शसस्त्र द्वन्द्वका कारण बन्द भएको थियो ।
सरकारी उदासिनताका कारण केन्द्रका भोीतक संरचना पनि जीर्ण भइसकेको थियो ।
प्रदेश सरकारले उक्त प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न खोजेको छ । यसका लागि प्रदेश
सरकारले केन्द्रका भौतिक संरचना जिर्णेद्वार गर्न गत वर्ष नै ५५ लाख उपलब्ध गराएको थियो ।
उक्त रकमले सभाहल, कक्षा कोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जिर्णेद्वार गर्ने काम भइरहेके थियो ।
सहसचिवको दरबन्दी रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र अहिले कार्यालय सहयोगीको जिम्मामा आएको छ । २०६१ सालदेखि प्रशिक्षण केन्द्र सुनसान रहेको भएपनि अब भने चहलपहल बढेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नरम्बर १४ का वडाध्यक्ष ओमकानाथ मिश्रा प्रशिक्षण केन्द्र सञ्चालन हुँदा भवानियापुर क्षेत्रकै रौनकता आउने बताउँछन् ।
भौतिक पूर्वाधारले सम्पन्न यो केन्द्रमा एक सभागृह, तीन कोठे दुईवटा कक्षा भवन, तीनवटा अनुसन्धान भवन, १२ कोठे प्रशासनिक भवन, एउटा कृषि कार्यशाला भवन, चार कोठे एउटा कृषि कक्षा भवन लगायतका भौतिक पूर्वाधार रहेको अध्यक्ष मिश्रा बताउँछन् ।