नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यमा नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने गरी रचना श्रेष्ठ उम्मेदवार बनेका छन् ।
व्यवसायीकक्षेत्रमा लामो इतिहास बोकेका यि दुबै जनाले शुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा आफुलाई जिताउन अपील गरे । श्रेष्ठलाई लुम्बिनी प्रदेशका मतदाताले मत हाल्छन् भने बैश्यलाई देशभरका व्यवसायीलाई ।
बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई स्वागत गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रवार नेपालगन्जमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै बैश्य र श्रेष्ठले जिताउनका लागि अपील गरे ।
चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता