कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउदै आन्तरिक पर्यटक


नेपालगन्ज :  विदेशीलाई मात्र पर्यटक ठानिन्थ्यो । तर कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउन भने आन्तरिक पर्यटकले संजीवनी बुटीको काम गरेको पर्यटनक्षेत्रका सरोकारवाला अगुवाहरु बताउँछन् ।

त्यसैले स्वदेशी पर्यटन उद्योग बिदेशी पर्यटकले मात्र होइन स्वदेशी पर्यटकबाट पनि चल्छ भने पुष्टि भएको छ । कोभिडले गर्दा पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको थियो ।

करिव छ महिना ठप्पप्राय भयो । कुनै पनि गतिविधि नभएको होमस्टे एशोसिएसनका अभियानता एवं गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरी बताउँछन् । तर सरकारले समेत पर्यटन क्षेत्र खुकुलो बनाउँदै लगेपछि भने आन्तरिक पर्यटक बढ्दै गएको उनले जानकारी दिए ।

चौधरीका अनुसार यतिबेला होमस्टेले समेत पुरानै लय समात्न खोज्दै छन् ।

पछिल्लो छ महिना बन्द रहेका होमस्टे फेरी चलायमान हुँदै छन् ।

ती होमस्टेमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ । सामाजिक दूरी र स्वास्थय मापदण्ड पालना गरेर होमस्टेल आफ्नो सेवा दिइरहेको चौधरीले बताए ।

बिश्वमै प्रख्यात रहेको बर्दिया निकुञ्ज समेत चलायमान बन्दै गएको ठाकुरद्धारा पर्यापर्यटन विकास समितिका अध्यक्ष कृष्णलाल भटट्राई बताउँछन् । आन्तरिक पर्यटकले यतिबेला बर्दिया निकुञ्ज गुल्जार बनेको छ ।

भटट्राईले आन्तरिक पर्यटकले कोभिडका कारण प्रभावित भएको पर्यटन उद्योगलाई ब्यूँताउन सहयोग गरेको बताउँछन् । नेपाली समाजमा आन्तरिक पर्यटकका रुपमा घुम्ने प्रचलन पनि बढेको उनले जनाए ।

नेपालगन्जबाट केन्द्र बनाएर हेलिकप्टर र बिभिन्न पर्यटनसंग सम्बन्धीत संस्थाहरुले टुर प्याकेज बनाएका छन् । उनीहरुले प्योकज समेत राम्रै विक्री भइरहेको छ ।

प्रकाशित मितिः     २६ कार्तिक २०७७, बुधबार १४:०९  |