नेपालगन्ज : भेरी अस्पतालले बुधवार तीन जना व्यक्ति पक्राउ परेको विषयमा ध्यानार्कषण भएको जनाएको छ । हेर्नुहोस् बिज्ञप्ती-
भेरी अस्पताल, RTPCR प्रयोगशाला तथा सोको नतिजा सम्बन्धी केहि संचारमाध्यममा आएका समाचारहरुप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ।
कोभिड-१९ का शंकास्पद बिरामीहरुको स्वाब परिक्षण नेपाल सरकारले विभिन्न समयमा जारी गरेका निर्देशिका तथा मापदण्ड बमोजिम हुँदै आइरहेको छ जुन समयसापेक्ष रुपमा परिमार्जन समेत हुने गर्छ। गत बैशाखमा च्त्एऋच् परिक्षण सुरु भैसकेपछि हालसम्म करीब ४८ हजार परिक्षणहरु भइ ४००० जति संक्रमितको पहिचान भएकोछ ।
अस्पताल परिसरमा बिरामी, सेवाग्राही तथा अन्य आगन्तुकहरुको भिडभाड हुने हुँदा सबैको पहिचान र निगरानी कठीन हुनेगर्छ । सोझासाझा बिरामी तथा सेवाग्राहीहरुलाई खराब नियतका केहि व्यक्तिहरुले कोभिड-१९ को परिक्षण गराइदिन्छु भनि जालसाझी गरि गैरजिम्मेवार कार्यहरु गर्ने गरेको सिकायत आउने बित्तिकै निजहरुसँग पुछताछ गरि थप अनुसन्धानको निम्ति ३ जनालाई प्रहरीको जिम्मा लगाइसकिएको छ । उक्त ३ जना अस्पतालको कर्मचारी नभइ सेक्यूरिटीको जिम्मा पाएको फर्म मार्फत खटाइएका गार्ड रहेको खुल्न आएको छ।
तर केहि संचार माध्यममा सम्प्रेसित गरिए झै कोभिड-१९ परिक्षणको रिपोर्ट नेगिटिभलाई पोजेटिभ बनाउने जस्ता समाचारमा कुनै सत्यता नरहेको कुरा प्रष्ट पार्न चाहन्छौं ।
कोभिड-१९ सँगको प्रतिकार्यमा समाजका सबै तह तथा क्षेत्रको सकरात्मक तथा सहभागितात्मक भूमिका अपरिहार्य छ । यस्ता भ्रामक समाचारहरुले जनमानसमा अनाबश्यक त्रास, संशय तथा अविश्वास पैदा गराउने हुँदा संचारकर्मी साथीहरुले समेत जिम्मेवार भइ सुचना संप्रेषण गरिदिनहुन अनुरोध छ ।