मृत अवस्थामा पुगेको बालसंगठनलाई ब्यूँताउदै दत्तप्रसाद आचार्य


नेपालगन्ज :  अध्यक्षमा नियुक्त भएसंगै दत्तप्रसाद आचार्यले मृत अवस्थामा पुगेको नेपाल बालसंगठन बाँकेलाई ब्यूझाउँन शुरु गरेका छन् ।

शुन्य बजेटबाट उनले आफुलाइृ प्राप्त कार्यादेश अनुसार काम अगाडी बढाएका हुन ।

नेकपाका नेता समेत रहेका आचार्य खटिएर काम गर्ने नेताका रुपमा चिनिन्छन् ।

उनैले बालसंगठन सम्हालेपछि अब भने चलायमान बन्ने अपेक्षा गरिएको छ । बालसंगठनलाई चलायमान बनाउनैका लागि उनले बिहिवार जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा लगायतलाई निम्ताएर बाल संगठन चलायमान बनाउने बिषयमा गहन छलफल गरे ।


जिर्ण अवस्थामा रहेको पूर्वाधारलाई संरक्षण गर्नु आफ्नो प्रमुख दायित्व रहेको उनको भनाई थियो ।

छलफल कार्यक्रमको ब्यानर बनाउन लागेको खर्च समेत आफ्नै गोजीबाट हालेका आचार्यले विकासे निकायसंग सहयोग मागेका छन् ।

प्रकाशित मितिः     1:07:31 PM  |