उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न घरेलु महासंघ बाँकेले बनाउँदै छ कृषिपथ मोबाइल एप्स


नेपालगन्ज :  बिभिन्न निकायको सहयोग र समन्वयमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले मोबाइल एप्स कृषिपथ सन्चालन गर्दै छ ।

केयर नेपालको आर्थिक सहयोग तथा बिग्रुप बाँकेसंगको साझेदारीमा उक्त एप्स चाँडै न्चिालन गर्न लागिएको अध्यक्ष मधु खड्काले जानकारी दिइन ।

एप्स निर्माण भइ सन्चालन हुन कम्तिमा एक महिना जति लाग्ने उनले बताएकी छन् ।

एप सन्चालनका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ पालिका समितिहरू, सहकारीहरु,कृषक समूहहरु र दुध डेरी ब्यवसायीहरु बिच बृहत छलफल आयोजना गरिसकिएको छ ।

उक्त एपले घरेलु एव कृषीउत्पादकहरु र उपभोक्ता तथा व्यवसायीबीच पुलको काम गर्ने महासंघका महासचिव जिआर भुषालले बताए ।

प्रकाशित मितिः     २८ कार्तिक २०७७, शुक्रबार ०५:४९  |