अध्यक्ष प्रचण्डको प्रतिवेदन एकताको मर्म विपरित छ, फिर्ता लिनुपर्छ : शंकर पोखरेल


नेपालगन्ज :  नेकपाका प्रभावशाली नेता शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध पेश गरेको प्रस्ताव पार्टी एकता बिरुद्ध रहेको बताएका छन् ।

शनिवार सामाजिक सन्जालमा लेख्दै नेता पोखरेलले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको बताए ।


उनले अध्यक्ष प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन अनुरोध गरेका छन् ।

प्रकाशित मितिः     8:47:37 AM  |